तिमीसम्म आउनलाई, धेरै छन् बार-हरू
बाचा भयो भेट्न आउँछु, पन्छाई काँडे तार-हरू ।।
अबरोध छन् जता-ततै, बाधा सँग लडिराछु
बाधाहरू पर गर्दै, तिमी तिरै बढिराछु ।।
पाईला टेक्ने बाटामा छन्, तलवारका धार-हरू
बाचा भयो भेट्न आउँछु, पन्छाई काँडे तार-हरू ।।
रणभूमिको मैदानमा झैँ, रगतपक्ष भएको छु
बिचलित नभै अझैपनि, तटस्थ नै रहेको छु ।।
गुत्थं-गुत्था शत्रु छन्, लाग्छन् मैरीका घार-हरू
बाचा भयो भेट्न आउँछु, पन्छाई काँडे तार-हरू ।।
तिमीसम्म आउनलाई, धेरै छन् बार-हरू
बाचा भयो भेट्न आउँछु, पन्छाई काँडे तार-हरू ।।
पुस्कल पौडेल (प्रतिक)
