मैले त भनेथेँ बाहिरै भेटौँ, आखिर तिमी डरायौ किन ?
एकान्तमा डाक्ने तिमी नै थियौ, चिच्याई फेरि करायौ किन ??
उसै नि म त बाहिरै देखि कालो, भित्र कस्तो जाँच्ने काम तिम्रो
भुत सवार गराई आफूमा, मलाई मन परायौ किन ?
एकान्तमा डाक्ने तिमी नै थियौ, चिच्याई फेरि करायौ किन ??
नभेटुँ नभेटुँ त म भन्दै थिएँ, तिम्रो जिद्दी सामु हार्न पुगेँ
मोहनी नै लगाई जबर्जस्ती, भेट्न आउने गरायौ किन ?
एकान्तमा डाक्ने तिमी नै थियौ, चिच्याई फेरि करायौ किन ??
हार जितको त चक्र नै हुन्छ, हारे आज भोलि जितिन्छ
तिमी आफैले हार्नु थियो त, मलाई स्वयं हरायौ किन ?
एकान्तमा डाक्ने तिमी नै थियौ, चिच्याई फेरि करायौ किन ??
पुस्कल पौडेल (–––प्रतिक)
