भन्थिन् मेरी आमाले
कोही छोरा हुन्छन्
कोही मोरा हुन्छन्
कोही काला हुन्छन्
कोही गोरा हुन्छन्
भन्थिन् मेरी आमाले
हो ! मेरी आमाले त्यसै भन्थिन्।
देशको लागि मर्न खोजेँ सपुत हुनलाई
तर ! मेरी आमाको लागि केही गर्न सकिन
धिक्कार मलाई !!!
भन्थिन् मेरी आमाले
कोही सपुत हुन्छन्
कोही कपुत हुन्छन्
कोही छोरा हुन्छन्
कोही मोरा हुन्छन्
भन्थिन् मेरी आमाले
हो ! मेरी आमाले त्यसै भन्थिन्।
मेरी आमाले मेरा लागि कति त्याग गरीन्
तर मैले कति गरेँ ?
मेरै लागि मेरी आमा पल–पल मरीन्
फेरि म कति मरेँ ?
भन्थिन् मेरी आमाले
कोही त्यागी राम हुन्छन्
कोही दुष्ट–हराम हुन्छन्
कोही छोरा हुन्छन्
कोही मोरा हुन्छन्
भन्थिन् मेरी आमाले
हो ! मेरी आमाले त्यसै भन्थिन्।
आज आफैलाई प्रश्न छ मेरो ?
म के हुँ ? अनि को हुँ ?
छोरा ?
मेरा ?
सपुत ? त्यो त म हुँदै होईन ।
कपुत ? मैले त्यस्तो काम गरेकै छैन ।
राम ? या
हराम ?
थाहा छैन
(मेरी आमाले जे भनिन् ती त मेरा लागि महान् वाणी हुन् , सत्प्रेरणा हुन् ।
राम्रो बाटो हिड्नको लागि
किनकि ! मेरी आमा महान् छिन् ।)
पुस्कल पौडेल (–––प्रतिक)
