भावना
उफ्रेरै भएनी धर्ती छोडेँ
तैपनि आकाश छुन सकिन
एकोहोरो आँखा रसाइ रहे
डाको छोडेर रुन सकिन ।।
चाहे जस्तो भएन जीवन
मायैँ मायाँको बिचमा बित्ने
मायाँमा हुन्न रै छ त्यस्तो
हराइ अरुलाई आफु जित्ने ।।
भाग्यले सायद ठगी दियो
चाहेर कसैको हुन सकिन
एकोहोरो आँखा रसाइ रहे
डाको छोडेर रुन सकिन ।।
मायाँमा कुनै कमी थिएन
सायद म मा नै खोट भयो
अरुको मायाँ त मलम हुन्थ्यो
आखिर मेरो चाँहि चोट भयो ।।
मायाँमा नराम्रो दाग लाग्यो
आँशु नै आँशुले धुन सकिन
एकोहोरो आँखा रसाइ रहे
डाको छोडेर रुन सकिन ।।
उफ्रेरै भएनी धर्ती छोडेँ
तैपनि आकाश छुन सकिन
एकोहोरो आँखा रसाइ रहे
डाको छोडेर रुन सकिन ।।
पुस्कल पौडेल (–––प्रतिक)
