Skip to content

ओशो

पण्डितको आत्मा

  • by

एक सूफी फकिर आफ्नो रोजीरोटी कमाउनका लागि नदीमा मानिसहरुलाई नाउबाट वारपार गराउँ थे । एकदिन गाउँको पण्डित नदी पार जानचाह्यो । त त्यस फकिरले भने, “तपाईंसित के पैसा लिनु ।” पैसा लिदाँ पनि उनी एक दुई पैसा लिन्थे । “तपाईंलाई त्यसै पार गराइदिन्छु ।”

Read More »पण्डितको आत्मा

मनमा हिंसा

  • by

केही दिन पहिले म एक सूफी कहानी पढिरहेको थिएँ । एक युवक थियो । जतिखेर ऊ समुद्रको किनारमा जान्थ्यो, त्यतिखेर हजारौँ पंक्षीहरू उसको साथमा आएर खेल्थे । उसको काँधमा सवार हुन्थे । उसको सिरमा बस्थे । नाँच्थे र आनन्दित हुन्थे । यो अनौठो दृश्य थियो ।

Read More »मनमा हिंसा

नुनको पुतला

  • by

मैले सुनेको छु – एक समुद्रको किनारमा भारी मेला लागेको थियो । धेरै मानिस आएका थिए र समुद्रको किनारमा ठुलो भीडभाड थियो । मानिसहरुको बीचमा ठुलो विवाद परेको थियो ।

Read More »नुनको पुतला

नित्सेका एकाध कथाहरू

नित्सेले एउटा कुरा लेखेका छन् । लेखेका छन्– पहिलो र अन्तिम इसाई सूलीमा झुण्डियो र मर्यो पहिलो र अन्तिम । क्राइष्टका सम्वन्धमा लेखेका छन्, पहिलो र अन्तिम क्रिश्चियन सूलीमा मर्यो । त, यी पछि आएका इसाईहरूको के गणना छ ? पछिका इसाईहरूको अवस्था कस्तो छ ? यी पछिका इसाई के भए ? पछिका इसाई इसा हुन सकेनन् किनकि इसा हुनका लागि हर तरहबाट स्वतन्त्र व्यक्तित्व चाहिन्छ । अरु त इसाकै दास हुन् । महावीरको पछि हिंँड्ने जैन कहिल्यै महावीर हुन सक्दैनन्, किनकि महावीर हुनका लागि हर तरहले स्वतन्त्र आत्मा चाहिन्छ ।

सन्देह गर्नु कति ठिक कत्ति बेठिक!

भीडले हजारौं किसिमका मूर्खता हजारौं वर्षसम्म मानेको छ । र, त्यो भीडमा बुद्धिमान् मान्छेहरू समेत सम्मिलित भएका छन् । र, उनीहरूमा कहिल्यै सोच आएन, किनकि सन्देह उठेन । जसको मनमा सन्देह उठ्दैन उसको मनमा विचार जन्मन सक्दैन । सन्देहभन्दा ठूलो आध्यात्मिक क्षमता अरु कुनै छैन । श्रद्धाभन्दा ठूलो पाप छैन, सन्देहभन्दा ठूलो धर्म छैन । सन्देह उठ्नुपर्छ किनकि सन्देह नउठ्ने हो भने तपाईं समाजबाट, भीडबाट मुक्त हुन सक्नुहुन्न । स्वतन्त्र हुन सक्नुहुन्न ।

थोरैले सोच्ने तर अधिकतम्ले दोहोर्याउने कुरा

ती आत्मा र परमात्मा त धेरै टाढाको कुरा भए । जीवनका असाध्यै सहज अनुभव समेत हाम्रा आफ्ना हुँदैनन्, ती पनि हामी दोहोर्याइरहेका हुन्छौं । यदि म एउटा गुलाफको फूल तपाईंसामु राखेर सोधूँ, के यो सुन्दर छ ? तपाईं भन्नुहुन्छ, सुन्दर छ । तर यसमा पनि थोरै विचार गरौं । यो कुरा तपाईंले स्वीकार गर्नुभएको हो कि स्वयम्ले थाहा पाउनुभएको हो ? किनकि संसारमा भिन्ना–भिन्नै जातिहरू भिन्ना–भिन्नै फूललाई सुन्दर भन्छन् । र, संसारमा भिन्ना–भिन्नै अनुहारहरू भिन्ना–भिन्नै जातमिा सुन्दर ठानिन्छन् ।

शरीर परतन्त्र कि स्वतन्त्र ?

मेरो दृष्टिमा, यो शरीरको तलमा जीवनको कुनै उत्तर भेट्न सकिँदैन। र, हामी सबै शरीरको तलमा बाँच्दछौँ। भोक लाग्दछ, प्यास लाग्दछ, लुगा चाहियो, घर चाहियो, त्यसैले बाँचेका छौँ ? एकछिनलाई सोच्नुस्, तपाईंले सबै पाउने हो भने, भोक तृप्त होस्, प्यास तृप्त होस्, तपाईंको वासना पनि तृप्त होस्। तपाईं जे चाहनुहुन्छ, त्यो भेटियोस्, त्यसपछि तपाईं के गर्नुहुन्छ ? मर्नु सिवाय तपाईंसँग अर्को कुनै उपाय बाँकी रहँदैन। तपाईंका सारा इच्छा तृप्त हुने हो भने तपाईं के गर्नुहुन्छ ? त्यसपछि एक क्षण पनि तपाईं बाँच्न सक्नुहुन्छ ? सुत्नुहुन्छ, अनन्त निद्रामा सुत्नुहुन्छ।

अविचार, विचार र निर्विचार : एक चर्चा

जीवनको खोज मृत्युवाटै प्रारम्भ गरिन्छ । जीवनलाई चिन्नु र पाउनु पर्छ । मृत्युको तथ्यबाट खोजलाई प्रारम्भ गर्नेहरू मात्र सफल र समर्थ हुन सक्छन् । हेर्दा उल्टो जस्तो लाग्छ यो । जीवन खोज्न मृत्युवाट आरम्भ गरौं, यो कुरो उल्टो जस्तो लाग्छ । तर कुरो उल्टो छैन । प्रकाश खोज्नेले त्यसलाई अन्धकारबाटै प्रारम्भ गर्नुपर्छ । प्रकाशको खोजको अर्थ के हो भने हामी अन्धकारमा उभिएका छौं र प्रकाश हामीबाट टाढा छ, अन्यथा त्यसको खोज नै किन हुन्थ्यो ? प्रकाशको खोज अन्धकारबाटै हुन्छ र जीवनको खोज मृत्युवाट । हाम्रो खोज जीवनको लागि हो, त्यसको अर्थ हो हामी मृत्युमा उभिएका छौं ।

जताततै जो पनि भगवानै भगवान

  • by

मेरा प्रिय आत्मन्,

एउटा छोटो कथाबाट आजको प्रश्नोत्तरको यो चर्चा सुरू गर्छु ।

एउटा असाध्यै अँध्यारो रात थियो र एउटा मरुभूमीय पहाडको एउटा सानो सरायमा एउटा ठूलो व्यापारीक दल आएर रोकियो । त्यो व्यापारिक दलमा यस्तै सय ऊँट थिए । व्यापारीहरू यात्रामा थिए र थकित भएर आधारातमा त्यो स–सानो पहाडी सरायमा विश्रामका लागि आइपुगेका थिए ।

Osho

रहस्यमयी जीवनको खोज र प्राप्ति

  • by

मेरा प्रिय आत्मन्,

आउँदा तीन दिनमा जीवनको खोजका सम्बन्धमा केही कुरा तपाईंहरूलाई भन्नेछु ।

भोलि बिहान मैले जीवनको खोजका सम्बन्धमा केही भन्नु अघि प्रारम्भिक रुपमा के भन्नु आवश्यक छ भने हामी जसलाई जीवन भन्दछौं, त्यसलाई जीवन भनी बुझ्ने कुनै कारण छैन ।