Skip to content

नुनको पुतला

  • by

मैले सुनेको छु – एक समुद्रको किनारमा भारी मेला लागेको थियो । धेरै मानिस आएका थिए र समुद्रको किनारमा ठुलो भीडभाड थियो । मानिसहरुको बीचमा ठुलो विवाद परेको थियो ।

कहानीले भन्दछ – नूनका दुइटा पुतलाहरू पनि त्यस मेलामा गएका थिए । उनीहरू पनि समुद्रको किनारमा उभिएका थिए ।

अरु ठुलो विवाद चल्न लाग्यो, र मानिसहरू सोध्न थाले कि यो समुद्र कति गहिरो छ ।

त नूनको एउटा पुत्लाले भन्यो कि यो कुरा केवल बातचितबाट कसरी थाहा होला, म समुद्रमा डुबुल्की लगाउँछु र अहिले यो कुरा पत्ता लगाएर आउँछु ।

त्यो नूनको पुत्ला कुदेर समुद्रमा पस्यो । ऊ समुद्र कति गहिरो छ त्यो पत्तो लगाउन गएको थियो । तर ऊ फर्केन । भीडले थोरै समय बाटो हेर्दै रह्यो । उनीहरुले अर्का पुत्लालाई सोधे – “के भयो तिम्रो मित्रलाई ?”

उसले भन्यो कि म उसलाई पत्तो लगाएर आउँछु । ऊ पनि कुदेर समुद्रमा पस्यो । त्यो पनि फर्केर आएन ।

सयकडौँ वर्ष वितिसक्यो, अहिले पनि समुद्रको किनारमा मान्छेहरू एकत्रित छन् कि सायद पुत्ला फर्केला । तर ती फर्केका छैनन् ।

अब ती पुत्ला कहिल्यै पनि फर्कने छैनन् । किनकि नूनका पुत्लाले सागरको गहिराइ कसरी पत्ता लगाउन सक्लान् ? जबसम्म ऊ गहिराइमा पुगिसक्छ तबसम्म खुदै ऊ बाँकी रहनेछैन । र जबसम्म खुद र बाँकिरहन्छ, तबसम्म गहिराइ पुग्न सक्नेछैन ।

ठिक यही कुरा हुन्छ जीवनमा । जबसम्म हामी छौँ । “म” छु तवसम्म परमात्माको सागरमा गहिराइमा उत्रिन मुस्किल छ । जब हामी हराउँछौ, “म” मेटिन्छ तब गहिराइमा उत्रिन्छौँ ।

मूल लेखक– ओशो (हिन्दीबाट नेपाली अनुवाद– पुण्य कार्की)
(करुणा और क्रान्तिबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *