Skip to content

मनमा हिंसा

  • by

केही दिन पहिले म एक सूफी कहानी पढिरहेको थिएँ । एक युवक थियो । जतिखेर ऊ समुद्रको किनारमा जान्थ्यो, त्यतिखेर हजारौँ पंक्षीहरू उसको साथमा आएर खेल्थे । उसको काँधमा सवार हुन्थे । उसको सिरमा बस्थे । नाँच्थे र आनन्दित हुन्थे । यो अनौठो दृश्य थियो ।

गाउँका मानिसलाई विश्वासै नलाग्ने घटना घट्थ्यो । किनकि त्यही ठाउँमा कोही अर्को मान्छे गयो भने ती सारा पंक्षी भाग्थे । तर जब त्यो युवक समुद्रको तटमाआएपछिभने त्यहाँठूलो भीडलाग्थ्यो । ठुलो उत्सवजम्थ्यो । चराहरुको एकमेलालाग्थ्यो ।

एकदिन त्यस युवकको बाबुले भन्यो कि, “मैले सुनेको छु कि तेरो पासमा बहुत धेरै चराहरू झुम्मिन्छन् अरे । जब तँ सागरको तटमा गएको हुन्छस् । म त बूढो पनि भैसकेको छु । हिँड्डुल गर्न पनि सक्तिन । त्यहाँ जान पनि सक्तिन । तँ यसो गर् – एक दुई ओटा चरा पक्रिएर लिएर आइज, ता कि यस कुरा मामलाई भरोसा हुन सकोस् ।”

त्यस दिन युवक समुद्र तटमा गयो । तर पंक्षीहरू आएनन् । दूरदूरबाट उडे । शीरको आसपासमा मडारिए । तर काँधमा बसेनन् ।

आज त्यो युवक हिजोको युवक थिएन । आजबाट बदलिएको थियो । आज प्रेम थिएन, आज आनन्द थिएन । आज उसको साथमा खेल्ने त्यो सहज वृत्ति थिएन । त्यो सहजभाव थिएन । आज मनमा अर्कै धन्दा थियो । आज एक वासना थियो । एक चाह थियो । आज दुश्मनीको भाव थियो । आज मनमा कठोरता थियो । । आज मनमा हिंसा थियो ।

(कहै कविर दिवानाबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *