Skip to content

लक्ष्मी रिजाल

हिस्स बुढी हरिया दाँत

  • by
LaxmiRijal

आफ्नै घरबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौँ भन्ने नाराका साथ मनाइरहेको १६ दिने महिला हिंसाविरुद्धको अभियानको अवसरमा प्रेषित ‘नामकुमारीजी ! हजुरलाई बधाई छ ।’

Read More »हिस्स बुढी हरिया दाँत

प्रौढ खेल

  • by
LaxmiRijal

“हजुरबा ! हजुरलाई एउटा प्रश्न गरूँ ?”

“किन अनुमति मागेकी प्यारी नातिनी ?”

“म प्रतिपक्ष हो । हजुर अहिले सत्तापक्ष हो त्यसैले ।”

Read More »प्रौढ खेल

निर्मित दुर्घटना

  • by
LaxmiRijal

“म केही जान्दिनँ । साली भेनाको आधा घरवाली हो भन्दै फकाउनु भो । शुरुमा नशालु चकलेट खुवाउनु भो । अहिले यो हालतमा ल्याउनु भो । जे निर्णय गर्दा मेरो हित हुन्छ त्यही गर्नुहोला ।”

Read More »निर्मित दुर्घटना

कुरा ‘पुण्य कार्कीको कथाकारिता’ कृतिको

LaxmiRijal

नेपाली र मैथिली साहित्यमा नाटक, एकाङ्की, आख्यान, निबन्ध, कविता र समालोचना फाँटमा उदाउँदै गरेका उदयपुरे प्रतिभाको नाम हो– नन्दलाल आचार्य ।

Read More »कुरा ‘पुण्य कार्कीको कथाकारिता’ कृतिको

पुनर्विवाह

  • by
LaxmiRijal


मेरा लखुरामे,

मलाई विश्वास छ, तिमी जहाँ भए पनि उच्च र सम्मानित स्थानमा छौ । आफ्नो स्वास्थ्यको ख्याल गर्न कमी गरेका छैनौ होला । तिमी यहाँ रहुन्जेलसम्म मलाई पूरै भरोसा दिएका थियौ । मलाई आधा जिन्दगी होइन तीन चौथाइ हिस्सा ठानेका थियौ ।

Read More »पुनर्विवाह

शिक्षामन्त्रीको शिक्षासम्बन्धी प्रतिबद्धता–पत्र र वास्तविकता

नेपाल वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा जगत्को सुधारका लागि हालै एउटा प्रतिबद्धता–पत्र जाहेर गरेका छन् जसमा भनिएको छ– ‘नेपालमा सदियौंदेखि सामन्ति शोषण, दमन, अन्याय, अत्याचार, उत्पीडन तथा सामाजिक विभेदमा परेका नेपाली जनताको निरन्तर संघर्ष तथा बलिदानबाट स्थापित संविधानसभामार्फत् नेपालको संविधान घोषणा भए सँगसँगै राजनैतिक रुपमा ऐतिहासिक परिवर्तन भएको छ । यस परिवर्तनलाई संस्थागत गर्न तथा नेपाली समाजलाई नयाँ नेपालको आलोकमा रुपान्तरण गर्न शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तन गर्न आवश्यक रहेको छ । त्यसैले नयाँ संविधान घोषणा भए पछिको पहिलो शिक्षामन्त्रीका हैसियतले न्यायपूर्ण, समानता तथा समतामुलक शिक्षा प्रणालीको स्थापना गरी गुणस्तरीय, प्रतिस्पर्धात्मक, जनमुखी, रोजगार मुलक बहुप्राविधिक, व्यवसायिक शिक्षालाई लागू गर्ने ध्येय उद्देश्यका साथ कार्यक्रमहरू तर्जुमा गरी त्यसलाई कार्यान्वयन गर्न आवश्यक भएकाले यो प्रतिबद्धता पत्र जारी गरिएको छ ।’

‘एजुकेसन कि स्कूलिङ’ बहसमा सहभागी मत – मिश्रित प्रणालीको पक्षमा

(क) आरम्भ

मानवको अन्तर्हृदयमा ज्ञान छोपिएर रहेको हुन्छ । त्यसलाई बाहिरी दुनियाँको सूचनाले मात्र उघार्न सकिन्न । विनाचिन्तन(मनन शैक्षिक जगत्मा परिवर्तन सम्भव छैन । अँध्यारो ठाउँबाट उज्यालो ठाउँमा एक्कासी पुग्दा आँखा तिरमिराउँछन् । असमञ्जस्यताको अवस्था सिर्जना हुन्छ । एउटा कडा द्वन्द्वको अवस्था सिर्जना हुन्छ । त्यस उज्यालोलाई आफूभित्रको उज्यालोले हराउन सकियो भने मात्र आँखा खोल्न सकिन्छ । नत्र बन्दको बन्दै राख्नुको विकल्प हुन्न । सिकाइको संसार पनि त्यस्तै हुन्छ । अरूको उज्यालोले आफूभित्रको उज्यालोलाई पराजय गरिउन्जेल सिकाइ ठप्प हुन्छ । आफूभित्र ज्ञानको दीप बाल्न सकियो भने मात्र सिकाइ गन्तव्य उन्मुख हुन्छ । हालसम्म प्रचलित शैक्षिक मूल्य र मान्यता, नीति र नियम अनि शैक्षणिक परिपाटीले सिकारूभित्रको उज्यालोलाई चिनेको छैन, जानेको छैन ।

बुक पर फेसबुक वर

उम्रदैकी छोरी किताब पर राख्छे
फेसबुकवाला मोवाइल वर सार्छे ।
त्यसो नगरभन्दा
फेसबुक चलाउन नपाउँदा
आत्महत्या गरेकी छोरी सम्झी भन्छे ।

जताततै जो पनि भगवानै भगवान

  • by

मेरा प्रिय आत्मन्,

एउटा छोटो कथाबाट आजको प्रश्नोत्तरको यो चर्चा सुरू गर्छु ।

एउटा असाध्यै अँध्यारो रात थियो र एउटा मरुभूमीय पहाडको एउटा सानो सरायमा एउटा ठूलो व्यापारीक दल आएर रोकियो । त्यो व्यापारिक दलमा यस्तै सय ऊँट थिए । व्यापारीहरू यात्रामा थिए र थकित भएर आधारातमा त्यो स–सानो पहाडी सरायमा विश्रामका लागि आइपुगेका थिए ।

शिवहरि दुनियाँभरि

  • by

शिवहरि दुनियाँभरि, छैन धर्म भइसक्यो मनपरि
बह्म ज्ञान, जातिपाति, धर्मकर्म फाले
परम्परा कर्तव्य नै भुले जनताले
गरिवको पसिना भो, शोषकीको धन
परिश्रमी दुःखी बने खान नपाईकन ।

LaxmiRijal-02

आध्यात्मिक विकासमा आर्थिक विकासको हात

  • by

नेपाल विविध भाषाभाषी, जातजाति, भेषभूषा, चालचलन र संस्कृति भएको मुलुक हो । मुलुकका हरेक जनतालाई बराबरी हकअधिकार हुनुपर्छ । राज्यले कसैलाई काखा र कसैलाई पाखा गर्न मिल्दैन । सबैले यो मेरो पनि राष्ट्र हो, म पनि यही देसको नागरिक हुँ भन्ने गौरव प्राप्त गर्नुपर्छ । समतामा आधारित समाज भएमा त्यसले आर्थिक विकासमा जोर्नीको काम गर्न सक्छ । जनताबीच भाइचाराको सम्बन्ध स्थापना भए मात्र सोचेजस्तो अग्रगति प्राप्त गर्न सकिन्छ । अर्कातिर वातावरण र जलवायु परिवर्तनका विषयले मानव समाजमा प्रत्यक्ष एवम् परोक्ष प्रभाव पारिराखेको हुन्छ । सबै नागरिकले वातावरण, जलवायु परिवर्तन र आर्थिक विकास बारे जानकारी पाउनुपर्छ ।

आवाज

सम्माननीय सभासदज्यूहरू,
संसद् सचिवालय, काठमाण्डौ ।

घरको ठेगान छैन, खानकै चिन्ता गर्छ नभन्नुहोला । आएर बोल्न सक्दैन, पत्रमार्फत धम्की पठाउँछ भन्ने नठान्नुहोला । मान्छेको मन भएको बेला पढ्नुहोला अनि संविधान लेख्नुअघि मेरा कुराको स्मरण अवश्य गर्नुहोला ।

मलाई यत्रो आँट किन आउँथ्यो, तपाईँहरूले नै ल्याएको लोकतान्त्रिक गणतन्त्रले सिकायो । सबैले आफ्ना आवाज सुनाएका छन्, म पनि मेरो आवाज हजुरहरू समक्ष बिसाऊँ भन्ने लागेर लेखी पठाएको हुँ ।

पढेर रिसले चुर नबनिदिनुहोला । मेरो जीवनमा अरू अनिष्ट नथोपरिदिनुहोला । लौ, सुन्नुहोस् मेरो आवाज मिश्रित राम कहानी—

जीवनयात्रा

  • by

एउटा नदी बारीबाट पारि नदेखिने मान्छे हिडेको नदेखिनेगरी बगि रहेछ अनि म छु र सिर्फ मेरो अतित छ वारिपारि डुगाँ चलिरहेछ। बोटेहरू नाउ खियाउँदा खियाउँदा सुस्त मनस्थितिमा छन्। धाम डुब्नेबेला छ। केही टाढा हरियो खेत र चौर छ। अलिपरिति बजार छ। बजार भरी सकेर नाउ तर्ने मान्छेहरूको भीड छ। नदी पारी ठुलो बजार छ । पसलहरू छन्। स्कूल अफिस र पुलिस चौकी छ।

मेरो मन बोलेको कविता

  • by

आफूलाई मात्र ठूलो छु भन्नेहरू यहाँ
टिकटिक पर्खाले घडीको आवाजसँगै अवश्य ढल्नेछन्
विचारमा दारिद्रयता देखाउनेहरू
अवश्य कमजोर भएर मुख लुकाउनेछन् ।

नेताको जय जनताको पराजय

  • by

थरिथरिका प्रजातन्त्र आए
जात जातका नेता नेतृ आए
कोही के भन्दा भए, कोही के
कोही जय मधेश भन्दा भए
कोही जय नेपाल रट्दा भए
कोही लाल सलाम पुकार्दा भए
कोही पशुपतिनाथलै हामी सबैको
कल्याण गरुन् भन्दै
पुर्पुरोमा हात लगाउँदा भए
सबैका लागि सबथोक फलिफाब
तर जनताको लागि अभिशाप नै अभिशाप ।