Skip to content

पण्डितको आत्मा

  • by

एक सूफी फकिर आफ्नो रोजीरोटी कमाउनका लागि नदीमा मानिसहरुलाई नाउबाट वारपार गराउँ थे । एकदिन गाउँको पण्डित नदी पार जानचाह्यो । त त्यस फकिरले भने, “तपाईंसित के पैसा लिनु ।” पैसा लिदाँ पनि उनी एक दुई पैसा लिन्थे । “तपाईंलाई त्यसै पार गराइदिन्छु ।”

पण्डित नाउमा बसे । ती दुवै डुंगामा हेलिए । दुइटै थिए नाउमा । पण्डितले सोधे, “केही पढ्न लेख्न आँउछ ? पण्डितले अरु कुरा सोध्न पनि के सक्छ र ? जे उसले जानेको हुन्छ, त्यही सोध्दछ । हामी अर्कालाई त्यही दिन सक्छौँ, जे हाम्रो साथमा छ ।”

सूफी फकिरको तेज उसले देख्न सकेन । पण्डित आफ्नो ज्ञानमा अन्धो बन्दछ । उसले त सम्झ्यो, “यो एक साधारण माझी हो । तर ऊ एक असाधारण पुरुष थियो । पण्डित जुन परमात्माको विषयमा सोच्थ्यो, सुनाउँथ्यो त्यो परमात्मा यही असाधारण पुरुषविच मौजूद थियो, जसको बारेमा पण्डितले अहिलेसम्म चर्चा गरेको थियो, त्यो परमात्मा त्यही फकिरको माध्यमबाट चियाइरहेको थियो । यदि आँखा भएदेखि फकिरमै यी सबै चिज भेटिन्थ्यो । जसको सपना देखिएको छ, जसको शास्त्र पढिरहेको छ । प्रत्येक्ष थियो त्यहाँ कोही ।
तर पण्डितले उसलाई सोध्यो, “पढ्न लेख्न आउँछ ?”

पण्डितले यदि परमात्मा भेटि नै हाल्यो भने पनि उसले सोध्नेछ, “सर्टिफिकेट ? कतिसम्म पढेलेखेको छौ ? उसको आफ्नो दुनियाँ छ । ऊ आफ्नै शब्दमा जिउँछ,आफ्नै शास्त्रमा जिउँछ ।”

त्यस फकिरले भन्यो कि, “पढ्नलेख्न त बिलकुलै आँउदैन । म बिलकुल गँवार छु ।”

उसले जब यी शब्द बतायो, यदि पण्डितको पासमा थोरै भए पनि होस हुन्थ्यो भने देखिसक्थ्यो कि कति गहिरो विनम्रता छ । आफ्नो अज्ञानलाई स्वीकार गर्नु ज्ञानतर्फको पहिलो कदम हो । र यदि कसैले समग्रताका साथ आफ्नो अज्ञानलाई स्वीकार गर्दछ भने त्यही कदम अन्तिम कदम पनि बन्न सक्तछ । किनकि जब तिमी पुरै भावका साथमा केही पनि जान्दिन भन्ने कुरा जान्दछौ, तब तिम्रो अहंकार टिक्छ कहाँ ? त्यो कहाँ खडा रहन्छ ? पयरमुनिको भूमि भासिनेछ । ढल्नेछ भवन अहंकारको, तिमी निरहंकारमा उत्रिने छौ । त्यही द्वार हो, त्यहीँबाट कुनै परमात्मासित मिलन हुन्छ ।

फकिरले भन्यो, “म केही पनि जान्दिन, बिलकुल अनपढ मान्छे हुँ ।”

पण्डिते भन्यो, “त फेरि तिम्रो एक चौथाइ जिन्दगी बेकार गयो ।”

नाउ थोरै अगाडि बढ्यो ।

पण्डितले भन्यो, “कम से कम थेरै भए पनि गणित त आउँछहोला ? हिसावकिताबको लागि त यो जरुरी छ ।”

फकिरले भन्यो, “आफ्नो साथमा केही त छँदै छैन । के हिसावकिताब गर्नु । खालि हात छन्, जे दिनभरिमा मिल्छ, साँझ पर्दा नपर्दै समाप्त हुन्छ । किनकि रोटीभन्दा ज्यादा चिज कमाउनु छैन केही । राति त म फेरि फकिरै बन्छु, बिहानउठेर फेरि कमाउँछु । अनि परमात्माले अहिलेसम्म दिइराखेका छन् भने भोलिको बारेमा के हिसाव राख्नु । र कसैले दिइहाल्यो भने पनि ठिकै छ र कसैले दिएन भने पनि ठिकै छ । किनकि अहिलेसम्म त बाँचेकै छु, आगे जीवन पनि बाँचूला । न त दिनेवालाबाट कुनै यस्तो चिज मिल्दछ जुन सधैँको लागि काममा आओस् । अनि न दिनेवालाले कुनै चिज छिन्दछन् कि सदाको लागि कुनै नोक्सान भएरै जाओस् – यो सब खेल हो ।”

पण्डितले भन्यो, “तिम्रो आधा जिन्दगी बेकार गयो ।”

त्यही बेला अचानक ठुलो तूफान आयो र डुंगाडग मगाउन थाल्यो । नाउडुब्नै डुब्नै लाग्यो । डुब्नै डुब्नै लाग्यो । फकिर हाँस्यो किनकि पण्डित धेरै आत्तिएको थियो । यही पण्डित अमृतको बात गर्थ्यो । आत्मा अमर छ– तर जब मृत्यु सामुन्नेमा आउँछ तब पण्डितको आत्माले कुनै काम दिँदैन । न पाण्डित्यकै अमरताको काम आउँछ । हड्बडाउन लाग्यो, हातखुट्टा काम्न थाले ।

फकिरले सोध्यो, “पौडिन आउँदैन ?”

उसले भन्यो कि, “बिलकुल आउँदैन ।”

फकिरले भन्यो, “तिम्रो सोह्रै आना जिन्दगी बेकार गयो । अब म त डुंगा छोडेर भाग्छु । यो डुंगा त अब डुब्छ नै ।”

जब डुब्ने समय सामुन्नेमा आउँछ । जब मृत्युले घेर्दछ । त्यतिखेर यदि तैरिन आउँछ भने त्यसले काम देला । मृत्युमा तैरिन आउँछ ! र यदि मृत्युमा तैरिन आँउदैन भने मृत्युले डुबाइदिनेछ ।

(भज गोविन्द म मूढमतेबाट)

मूल लेखक– ओशो
हिन्दीबाट नेपाली अनुवाद– पुण्य कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *