Skip to content

एकदेव अधिकारी

बन्द ढोका (अनूदित लघुकथा)

सूर्य क्षितिजबाट निक्लियो, बच्चो झोलुङ्गोबाट। उही स्निग्धता, उही रङ्गरूप, उही मस्ती, उही चमक।

म बार्दलीमा बसिरहेको थिएँ। बच्चोले ढोकाबाट चिहायो। मैले मुस्काउँदै बोलाएँ। ऊ मेरो काखमा आएर बस्यो।

उसको बदमासी शुरू भयो। कहिले कलमतिर हात बढाउँथ्यो, कहिले कागज तिर। मैले काखबाट उतारी दिएँ। ऊ कुर्सीको खुट्टा समातेर उभीइरह्यो। घर गएन। ढोका खुल्लै थियो।

देवी (अनूदित लघुकथा)

रात शीतले भिजीसकेको थियो। म बार्दलीमा उभीइरहेको थिएँ। मेरो सामुन्ने अमीनुद्दौला पार्क निद्रामा मस्त थियो। मात्र एक महिला अडेस लगाउन मिल्ने बेञ्चमा बसीरहेकी थिई। पार्कको बाहिर सडकको छेऊमा एक अन्धो पथिकहरूलाई आशिष दिँदै थियो – अल्लाह तथा रसूलको नाममा … राम अनि भगवानको नाममा – यो अन्धोमाथि उपकार गर्नुहोला।

फटेङ्ग्रो र कमिलो (अनूदित लघुकथा)

एक दिन शिशिरको चिसो याममा एउटा भोको फटेङ्ग्रोले एक कमिलोसँग उसले जम्मा गरेर राखेको खानेकुराको याचना गऱ्यो।

“किन र?” कमिलोले सोध्यो, “पुरै बर्खा भरि गीत गाएर बस्नुको सट्टा अलि-अलि खानेकुराको जोहो गरेको भए हुँदैनथ्यो?”

परिश्रमको फल (अनूदित कथा)

जब म सानो थिएँ मलाई ला फोण्टेनको एक कथा कण्ठस्थ हुने गरी घोक्न लगाइन्थ्यो र त्यस कथाले दिने उपदेश राम्रोसँग बुझाइन्थ्यो। ती कथाहरूमध्ये एक थियो कमिला र फटेङ्ग्राको कथा जसको उपदेश यो हुन्थ्यो कि यो संसारमा परिश्रम पुरस्कृत हुन्छ र अल्छेपनले सजाय भोग्नुपर्छ। यो प्रशंसनीय कथामा (म माफी चाहन्छु कि म त्यही कुरा दोहोऱ्याउँदै छु जुन सबैले सम्मानपुर्वक, तर गलत तरिकाले बुझ्नुभएको छ) कमिला पुरा ग्रीष्म कठीन परीश्रम गर्दै हिउँदको लागि खानेकुरा जम्मा गर्दै बिताउँछ, जब कि फटेङ्ग्रो घाँसको त्यान्द्रोमा घाम तापेर गीत गाउँदै बिताउँछ। हिउँद आउँछ र कमिला आफूले जम्मा गरेको खानेकुरा खर्चँदै आरामसाथ जीवन यापन गरिरहेको हुन्छ, तर फटेङ्ग्रो भोको पेट लिएर कमिलासँग खानेकुराको याचना गर्छ। अनि त्यति बेला कमिला त्यहि पुरानो जवाफ दिन्छ –

रातो मैनबत्ति (अनूदित लघुकथा)

मृत्युशय्यामा पल्टेको उसले उसकी श्रीमतिलाई नजिक बोलायो र भन्योः
“म तिमीलाई सँधैको लागि छोडेर जाँदैछु; त्यसैले तिमी मेरो लागि आफ्नो सतित्व र प्रेमको एक अन्तिम प्रमाण देऊ, किनकि हाम्रो पवित्र धर्म अनुसार एक विवाहित पुरूषको मृतात्मा स्वर्गमा प्रवेश गर्नु अघि यो वाचा गर्नु पर्छ कि उसले आफ्नो जीवन भर कुनै पतीत नारीसँग साँठगाँठ गरेन।

धरा (अनूदित कविता)

ताडीका ओइलिएका पातहरूलाई सुकाउने हावा –
हन्तकाली वर्षा –
गुफाजस्तै ठूलो मुख बाउने समुद्र –
पहाडको चुचुरोको तीखो ठुँड –
समय टिप्छ संसार

जहाँ मष्तिष्क भयरहित हुन्छ (अनूदित कविता)

जहाँ मष्तिष्क भयरहित हुन्छ र शीर उँचो हुन्छ;
जहाँ ज्ञान स्वतन्त्र हुन्छ;
जहाँ संसार आन्तरिक साँघुरो पर्खालले टुक्रा-टुक्रामा बिभक्त भएको छैन;
जहाँ शब्दहरू सत्यको गहिराईबाट उच्चारित हुन्छ;
जहाँ थकानरहित प्रयत्नहरू पूर्णतातर्फ अग्रसर हुन्छन्;
जहाँ प्रष्ट विवेकको मुस्लोले अन्धविश्वासको भयावह मरूभूमिमा बाटो बिराउँदैनन्;
जहाँ मष्तिष्क सधैँ विचार र कार्यको अग्रगमन तर्फ यहाँद्वारा डोऱ्याइन्छ –
त्यही स्वतन्त्रताको स्वर्गमा, हे परमपिता, मेरो देशलाई ब्यूँझाइदिनुहोस।

एक घण्टाको कथा (अनूदित लघुकथा)

मूटूरोगी भएकै कारण मिसेज मलार्डलाई श्रीमानको मृत्युको खबर सावधानीपूर्वक सुनाइएको थियो।

बहिनी जोसेफिनले उसलाई शब्द-शब्दको आवरणमा केही सूचना गरेकी थिई। उसको श्रीमानको साथीले मृतकहरूको सूचीमा ब्रेन्ट्ली मलार्डको नाम पढेको र टेलिग्राम आएपछि मात्र मिसेज मलार्डलाई समाचार सुनाउने जिम्मा उसकै बहिनीलाई सुम्पिएको थियो।

झिल्को ३ र ४ (झिल्को कथा)

झिल्को ३: आइ.सि.यु.

‘डक्टर साब! इमर्जेन्सीमा एक बिरामीको अवस्था ज्यादै क्रिटिकल छ।’
‘ठीकै छ। भेन्टीलेटरको बिरामीको परिवारलाई खबर गरिदिनु।’

कुकडु कु (लघुकथा)

‘कुकडु कु!’ मुर्गा बाँग लगाकर लौटता हुआ मुर्गी को बोलने लगा, ‘देखा भाग्यवान! मेरे ही कारण इन सब लोगोँ के काम बनते हैँ। नीँद में मस्त इन मूर्खों को समय का महत्त्व का क्या पता।’

‘हाँ, हाँ तुम्हारे ही कारण यह सब चलता है। सुबह की थोडी सी झपकी भी लेने नहीं देते।’ मुर्गी गुस्से से झुँझलाई।

‘और क्या? और सुनती हो? सूरज भी मेरे बाँग लगाने से ही उगता है,’ मुर्गा गर्व से फुदकता हुआ बोला।

‘ज्यादा मत फुदको। लोगों के भोजन बनोगे, फिर पता चलेगा,’ मुर्गी उसको समझाने लगी।

छेपारो (लघुकथा)

दामनको हिमशिखर रेष्टुरेण्टमा रमझम शुरू भयो।

हामी नजिकैको एक टेबलमा वीर गोर्खालीको चिनो अङ्कित बोतल खुल्यो।

बोतल खुल्दै गयो। गिलास भरीँदै खाली हुँदै गए। बोतल भित्रको बिजुली झोलले पनि उनीहरूलाइ खोल्दै गयो, उनीहरू पनि खुल्दै गए।

पुस्तक समीक्षा (लघुकथा)

कठोर परिश्रम, लगन र आत्मविश्वासको परिणाम थियो त्यो जसले दिनेशलाई यो उचाईमा पुऱ्याएको थियो । स्नातकको परीक्षामा अव्वल नतिजा ल्याएर उच्च आकाङ्क्षा बोकेर विश्वविद्यालयको केन्द्रीय विभागमा नै स्नातकोत्तर अध्ययनको लागि आएको थियो । पहिलो दुई महिनामै धेरै विद्यार्थी तथा प्राध्यापकहरू माझ लोकप्रिय हुन सफल भएको थियो ऊ ।

प्राध्यापक अमर पनि उनको क्षमतासँग परिचित थिए । त्यसैले त सायद उसको अध्ययनशीलतालाई अझ निख्खर बनाउन चाहन्थे, यस्तै सोच्थ्यो दिनेश ।

खोजी (अनूदित लघुकथा)

एक हजार वर्ष पहिले दुई दार्शनिकहरू लेबनानको एक पर्वतमा भेट भएछन, अनि एक दार्शनिकले अर्कोलाई सोध्यो – “कहाँ जाँदै हुनुहुन्छ।”

अनि अर्को दार्शनिकले उत्तर दियो – “म यौवनको झरनाको खोजीमा हिँडीरहेछु जुन मलाइ थाहा छ यीनै पर्वत, पखेरोहरूमा कतै हुनु पर्छ। मैले पढेको छु कि त्यो झरना सूर्यको दिशातिर बगिरहेको हुनेछ। अनि तपाईँ के खोज्दै हुनुहुन्छ?”

भाले र घाम (लघुकथा)

‘कुखुरी काँ ! कुखुरी काँ !!’ खोरबाट बाहिर मुण्टो निकाल्दै बासेको भाले फर्केर पोथीलाई भन्छ। ‘देखिस त बुढी यी सब मानिसहरूको काम मेरै कारणबाट त पुरा हुन्छ नि। यी निद्रामा मस्त मूर्खहरूलाई समयको महत्त्व के थाहा।’

‘अँ होला, तिमै कारणले त संसार चलेको होला नि? बिहान एक छिन सुत्न पनि नदिई कति फतर-फतर गरिराको,’ पोथीले झर्को मानी।

भाग्य (लघुकथा)

“हैन आज पनि त्यस्तै खाना खानु पर्ने भो? होइन यो शहरभरि यत्तिका पाँचतारे होटलहरू छन्, कहिलेकाँही त त्यतैतिरबाट पनि ल्याउनु नि!”

राजसी ठाँटबाँटमा ऊ कुर्लियो। ऊसँगैको साथि भने उसको भागमा जे परेको थियो त्यहि चुपचाप खानमा तल्लिन भयो। हातको खाना खाइसकेर उसलाई पेटभरि हेऱ्यो।

रातो स्वेटर (कथा)

बिमल हट्टा कट्टा युवक । असाध्यै हिस्सी परेको थियो । सबैको नजरमा पर्न सक्ने थियो । सँधै कलेज जाँदा ऊ एउटै बाटो जाने गर्थ्यो । त्यो बिमलको सँधै हिँडने बाटो थियो । सँधै जसो ऊ कलेज जाँदा या कलेजबाट आउँदा त्यही उपहार पसलको अगाडि रोकिएर भित्रतिर हेर्ने कोशिश गर्थ्यो । त्यो उपहार पसलमा रंगी बिरंगी पोष्टकार्डहरू, फूलहरू, लगायतका अन्य उपहारहरू सजाएर राखिएका हुन्थे । उसका आँखाहरू ती उपहारहरू बीच केही खोजिरहे जस्ता प्रतित हुन्थे । केही बेर त्यतै उपहारहरू तथा केही बेर उपहार पसल भित्र बसेका पसलवालीलाई हेर्दै केही बेर त्यसै बिनाकाम पनि त्यतै तिर अल्मलिएर हिँडने गर्थ्यो ।

आज फेरी सँधै झैँ ऊ त्यहाँ आइ पुग्यो । सँधै झैँ आज पनि ऊ त्यहि उपहार पसल अगाडि टक्क रोकिएर मोटरसाइकलबाट ओर्लियो । मोटरसाइकलको ऐनामा आफ्नो कपाल मिलाएर पसल भित्र पस्यो । पसलमा रातो स्वेटरमा सजिएकी सम्झनालाई हेरेर मुसुक्क मुस्कायो । सम्झनाको लागि ऊ मात्र एक ग्राहक थियो । सम्झनाले उसको अनुहारमा सामान्य भाव लिएर उसलाई सम्बोधन गर्दै सोधी – “हजुर के खोज्नु भयो होला।”

ढोका (अनूदित लघुकथा)

“धेरै धेरै पहिला दक्षिणको एउटा पुरानो बजार – एउटा इनार सहितको सानो कम्पाउण्ड – उक्त कम्पाउण्डमा यस्तै आठ या नौ सामान्य परिवार बस्ने गर्दथे। पुरानो शैलीको उस्तै उस्तै घरहरू, धेरै वर्षदेखि घरको बाहिरी बनावट पनि उस्तै उस्तै, सिवाय भर्खरै घरमा भित्रिएका नयाँ उपकरणहरू बाहेक सबै उस्तै उस्तै।

ती आठ या नौ परिवार मध्ये दुइजना एक्ला एक्लै बस्थेः एक अधबैँशे कुमार झेङ रूओकुइ र अधबैँशे अबिबाहिता प्यान जियर।

झेङ प्यानको घरसँगै जोडिएको घरमा बस्ने गर्थ्यो।

“शुभप्रभात,” उ सँधै अभिबादन गर्थ्यो।

“जाँदै हुनुहुन्छ?” उनी सँधै प्रत्युत्तर दिन्थिन, र आफ्नै गतिमा एकछिन नअडीकन हिँडने गर्थिन।

सेतो रत्न (अनूदित लघुकथा)

“सेतो रत्न? मलाई थाहा छ रत्नहरू रातो, हरियो, र निलो हुन्छन … हो अनि कालो पनि हुन्छन, तर सेतो रत्नको बारेमा कहिल्यै सुनेको छैन। ठट्टा त होइन?”

एक्स मेरो अवरोधबाट रिसाएझैँ गरी एकछिन रोकियो – “सायद तिमीलाई मेरो कथा मन परेन। ठीकै छ म भन्दिन।“

शंकालु जो थिएँ म उसको कथाप्रति, अब त अझ उत्सुक भएँ, अँ, साँच्चै रोमाञ्चित पनि। कस्तो कथा होला त्यो, साँच्चै, त्यो एक्सको सेतो रत्नको कथा? कसरी अन्त्य हुन्छ होला त्यो कथा?

एउटा चुरोट एक्स भएतिर बढाएँ र अनुरोध गरेँ – “ल, ल कथा भन। म अति उत्सुक छु।”

रोबोट (लघुकथा)

दिनभरीको भागदौड सकेर खाना खाइवरी बैठककोठामा पसेँ। कक्षा एकमा अध्ययन गर्ने छोरी नजिकै आएर बसी उसको हातमा एउटा पुस्तक थियो जसमा रोबोटको चित्र थियो।

“बाबा, यो चित्र के को हो?” बालसुलभ बोलीमा उसले मलाइ सोधी

“यो रोबोटको चित्र हो छोरी।” छोरीको जिज्ञासा मेटाउने प्रयत्न गरेँ।

“अनि बाबा यो त मान्छे जस्तै देखिन्छ त? टाउको हात खुट्टा सबै छ त?” फेरी प्रश्न आयो।