Skip to content

छचल्कीरहन्छन् गुम्सिएका भावनाहरू

आदरपुर्वक मेरो अभिवादन मित्र !
स्वीकार गर यो तुच्छ अभिव्यक्तिलाई
म सारा तिम्रा आनन्दका दिनहरुलाई स्वागत गर्छु
तिमी एउटा सानु दृष्टि देऊ
चैतको खडेरीले खाएको बृक्ष झैँ
पुषको तुसारोले खाएको पूmल भैmँ
पछि पछिलाई पुनर्जन्म लिने आशमा
म सधैँ तिम्रो प्रतिक्षामा हुन्छु
यी मेरा तुच्छ अभिलाषाहरुलाई
केवल तिम्रो मिठो आवाजले
घरीघरी शिथिल पारिदन्छ मित्र !
तिमी बिना म रित्तो अनुभव गर्छु
सधैँ एकै ठाउँमा को पो बस्ला र ?
तर पनि चिठ्ठी पत्र त लेख्नै पर्ने
आशैआशमा जीवन बित्ने भयो
तिमीलाई कुन निष्ठुरीले भुलायो ?
तिमी कतै बैरागी पो भयौ कि ?
तिम्रो त्यो सबल तथा सरल लेखनिलाई
कतै कुपोषण लागेर हो कि,
म छक्क पर्छु मित्र !
तिम्रो तालामाला देखेर
दैव पनि कति पापी छ
कसैलाई कसैप्रति चासो नदिलाउने
सम्झिदै दिक्क लाग्छ मित्र !
त्यसैले त कहिलेकाही बिर्सी दिन पनि मन लाग्छ

मित्र ! यो चित्तले कहिल्यै बिर्सिन सकेन
कुनै दिन सथरहेको यादले
झल्झली भैरहन्छ कुनै दिनको कथा र ब्यथा
बिह्वल हुन्छु, कुनैदिन साथ रहेको संझिन्दा
कुनै दिनको संझनाले आश्चर्यचकित बनाइरहन्छ
साथमा जीन्दगी बिताउने आश त थिएन मित्र !
तै पनि पराई बन्न सकिएन
समयको चक्र घुम्दै जाँदा
सायद कुनै दिन भेट हुन सक्छ
अनि बत मारौँला मित्र ! बाँचिएछ भने

बाँच्नुको सवाल पनि कहाँ सम्म रहला र ?
यहाँ त हिड्दाहिडदैको मान्छे हराउन सक्छ

कुनै दिन त्यहाँ पनि आइपुगुँला मित्र !
यदि हराउने क्रममा परिएन भने
दिल भरीको आत्म कहानी लिएर
अनि कुरा गरौँला , श्री देखि शुभम् सम्मका
भावनालाई घोप्ट्याइउिँला तपसिलका बुँदाहरुमा
हुनत म जस्तालाई कति पायौ कति गुमायौ
अन्तमा फेरी आफ्नै संसारमा रमायौ
वनको चरी न हो ; किन पो चाहियो र…… ?
अतीतलाई हेर्दा म झसङ्गहुन्छु अनायस म भूत… ।
मलाई त्यो भूतलेतर्साउँछ मित्र !
तिमीलाई थाहा छँदैछ, मित्र ! म भूत सित डराउँछु
शायद तिमी पनि ।
केवल संझना त गर
दिन र लिन के पो सकिन्छ र !
एकटुक्रो कागज न हो,
त्यो त च्यातेर पनि फालिन्छ
च्यातेर पनि फालिन्छ ।

२०४४।३।३ तुम्लिङ्टार

नेाटः येा चिठी साथी श्यामकर्ण रार्इलार्इ लेखेकेा हेा । उदयपुरका रार्इ मेरैधरमा बस्नु भएका र उहाँ स्वास्थ्य चाैकीमा काम गर्नु हुन्थ्येा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *