तिमीलाई मेचीकालीको रक्षा गर पो भनेको थियो !
कालापानी र सुस्ताको निगरानी मात्र गर भनेको,
तर, तिमीले त ! !……………….! ! !
सिंगो राष्ट्र नै अर्कालाई सुम्पिन खोज्यौ
तिमीलाई त हातमा समातेर ताते गर्न मात्र सिकाएको थियो !
अनि तोते बोली बोल्न मात्र पो सिकाएको थियो त !
तर तिमी त पटाङ्गिनीमा परेड खेल्न अनि
टुडिखेलमा भषण पोगर्न पो थालिसके छौ !
तिमीलाई त बाटाको अबरोध मात्र हटाउ भनेको,
बगैंचाको काँडा उखेल भनेको,
खै ! तिमीले त,……?
बाटामा बिच्छ्याएको ढुंगा पो मिल्काइदिएछौ !
काँडाको साटो तिमीले, गुलाफको फूल पो उखेलेछौ
तिमीलाई बिरुवाको जरा भिज्ने गरी पनि हल्नु भनेको त !
बिरुवा उखेलेर पो जरा पखाली दिएछौ !
भन अब तिम्रो अरु चाहाना के छ ?
कुर्सीमा बसेर गराउ मात्र भनेको, तिमीलाई
राष्ट्रको ढुकुटी भराउ मात्र भेको तिमीलाई
अनि राष्ट्रलाई बलियो बनाऊ ! पो,भनेको तिमीलाई
खै तिमीले त !
कुर्सीमात्र बलियो बनायौ
ठिकै छ, अब सबैको चित्त त बुझाउनै त पर्यो
सक्छौ भने, अँझै समय बाँकी नै छ
देखाउँदै जाऊ आफ्नो क्षमता
तिम्रो कर्तुत लुक्न सक्छ भने
अँझै केही गर्नु पर्छ तिमीले
आसंकाको कालो बादलले छोपेको बेला
अब त त्यो बादल हटाउने प्रयास गर
ढिलो भए काम बिग्रन सक्छ
आँधी आउने बेला भएको छ
चट्याङ् पर्न सक्छ
असिना झर्न सक्छ
अनि त नयाँ शक्ति उदाउन सक्छ
नयाँ शक्ति उदाउन सक्छ
२०६९।४।२
इटहरी —५
