भानु हुन्छौ मनै भित्र नेपलीपनका धनी
भषा मात्रै सिकाएनौ सिकायौ गीतका ध्वनी
तिम्रो गीत सधैँ प्यारो नेपाली मुटु गाँसियो
रामगाथा पढे सब्ले नेपालीपन मौलियो
ज्ञानका रुपमा तिम्ले रमायणै कथा दियौ
भाषा हाम्रो यहीनै हो, सबैलाई बराबरी
भानुका भक्त हौ फेरी रामका भक्त भैदियौ
बधू शिक्षा सिकाएर लगायौ बेसरी गुन
तिम्रो कनन्तिपुरी आज हेर कस्तो भयो अझै
त्यो अमरावती फेरी हेरी नसक्नु भो रुपै
अड्डाका ती बिचारी हुन् कि डिठ्ठाहरु हुन् कती
भोली भन्नेकुरा तिन्ले छाडेनन् है अझै पनि
भोलिको त कुरै छाडौँ हप्तैसम्म झुलाउँने
भए पैसा सबैकाम एकैछिन्मा मिलाउने
दाँजेथ्यौ पहिले तिम्ले लखनौ पटना सरी
फर्सी कुहेसरी भैगो दाँजि हेर्दा कठैबरी
सखीहरु सधैँ हिड्थे आपसमा मिली सबै
सखाका साथमा चल्दै छिल्लिदै हिड्दछन् यसै
भानु फेरी पुनर्जन्म लिई आउ स्वदेशमै
कति राम्रो भयो ऐले अनुभव गरिकन
दाँजेर कबिता लेखी देउ है फेर यो घरी
तुलना कसरी गर्ने सिकाउ है सधैँभरी
छन्द :- अनुस्टुप
