सिक्नै पर्दछ जो समग्र जनले सारा सबै ई कुरा ।
बिसै लक्षण हुन् बुझे मनुजले जान्ने र सुन्ने हुँदा ।।
सिक्नै पर्दछ सिंहबाट बकुला देखिन् त एकेक् कुरा।
कौवाको सिकने त पाँच गुण छन् खासै यहाँ के छर ? ।।१।।
तिन्टा गुण् कन सिक्नु यर्दछ गधादेखिन् यहाँ आखिर।
धेरै छन् छ वटा बुझे कुकुरका राम्रा सिके है गुण ।।
कुख्राको पनि हो नि चार गुणयी जानेरबुझ्ने गर ।
यस्तै यी गुण हुन् सबै विषयमा जान्ने यहाँ को छ र ? ।।२।।
गुण् के के कतिछन् कसोगरियहाँ केबाट कन् गुण् लिने?
कस्को केछ यहाँ छ छैन सजिलो छानेर कुन् गुण् लिने ?
“ सानै कार्य भएनि गर्नु सजिलै ठूलै तयारी लिनु ” ।।
सिंहैको गुण यो सिकेर जनले सत्काम गर्ने हुनु ।।३।।
“राखेइन्द्रिय नित्य सम्यम सदा एकाग्र भै ध्यानले” ।
योे राम्रो गुण चैँ लिए बकसँगै बुझेर सत्ज्ञानले ।।
कौवाबाट सिके विशेष गुण यो “लुक्तै गरे मैथुन” ।
जस्ले “संग्रह नै त गर्छ” कसरी भेट्ता हुँदी दिन्दिन ।।४।।
“ बिस्वासै अरुको नगर्ने” कहिल्यै “बस्तैन यो मत्त भै” ।
यस्को यै गुण हो “सतर्क रहने” बन्नु सदा काग झैँ ।।
“स्वामी भक्त बने” सधैँ कुकुर झैँ राम्रो बुझे यो गुण ।
यस्तो मानिसले नभुल्नु कहिले साँचो कुरा हो सुन ।।५।।
“भेट्ता जत्तिभएनि खान्छ” बिचरा “भेट्तै नभेटे पनि ।
राम्रै चित्त बुझाइ बस्छ” तर त्यो “सुरो छ है तैपनि” ।।
“अत्यन्तै निद लाग्नुपर्छ” यसको सारै अनौठो गुण ।
“निन्द्रैमा पनि यो सचेत रहने” जस्तो सुकै होस् दिन ।।६।।
“थाक्यो धेर जसै त बड्छ क्षमता” झन् भा बोक्नै तिर ।
“जडो होस् कि गरम् दुबै समहुने” लिदैन है क्वै पिर ।।
“जैल्यै ढुक्क भएर बस्तछ”सदा एक्नास संतोसले ।
यस्तै हो; गुण यो गधा सित सिकी, बस्नु एकै नासले ।।७।।
कुख्राबाट सिके “सधैँ समयमा उठ्ने गरे” लोकले ।
“लड्नै खातिर जो सतर्क रहने” नित्यै रहे जोसले ।।
“सथी भाइ र बन्धु बान्धव सबैलाई बोलाई कन” ।
“सब्को साथमहाँ जितेर पहिले खाने सिके है गुण” ।।८।।
छन्द :- शार्दुलबिक्रिडीत
गण :- म स ज स त त गु
