हाँस्ने मन छैन अब, रुँदारुँदै थाकिसकें
बाहिर हेर्दा राम्रै छु म, भित्रभित्रै पाकीसकें
मनको बेथा कहुँ भने, सुन्ने कोहि छैन आज
मुटुभित्र आगो बल्छ, पोली दिन्छ छाती माझ
आफ्नै मुटु सल्काएर, कसलाई दिने ठुटो सरि
आफु भएँ अरुले नै, खाई छाडेको जुठो सरि
रोपौं भने माटो छैन, बोट छैन गोडौँ भने
मेरो आँसु सुकिसक्यो, बाटैतिर छोडुं भने
