Skip to content

बैंस फुल्दो रैछ


मन परेको मान्छे पाउँदा, संसार भुल्दो रैछ,
झाँगिएर सबै तिर, बैंस फुल्दो रैछ
नअटाई मनभित्रै, पोखिने पो हो कि
फूल सरि आँगनीमा, रोपिने पो हो कि

मायाँ भए मुटु दिने, साथ मिल्दो रैछ
आपसमा दिल छुने, हात मिल्दो रैछ
आँसु मिल्ने हाँसो मिल्ने, यो बैंसमा जो छ
त्यसै भित्र कति कति, हिरा मोती फल्छ

तिम्रो मुटु आधा लिएँ, दिएँ तिम्लाई आधा
आधा आधा एक हुन्छ, अब केलाई बाधा ?
मन परेको मान्छे पाए, संसार भुल्दो रैछ
झाँगिएर सबैतिर, बैंस फुल्दो रैछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *