Skip to content

नयाँ बिरुवा उम्रिन सक्छ


उमेर अलिक ढल्किदै गएको बेला
मनले हरेस खान लागेको बेला
च्वास्स; च्वास्स; कुनै चिजले घोचझैँ लाग्छ
कता कता मुटुमा बिझाए झैँ लाग्छ
न कि कतै देशको पीडाले हो
वा कुनै आफन्तको वियोगले

मुटु भित्र देशको चित्र कोरिन्छ
बिभत्स बिभत्स नक्सा
कतै टुक्रिन लागेको
कतै फुक्लिन लागेको
कस्तो कस्तो कहाली लाग्दो
मन् कुडिए जस्तो, वाक्क ! वाक्क !!

जोदाहाहरू डुक्रिदै छन्
हुङ्कार छाड्दै छन्
भर्खरै देखेथेँ टलिभिजको पर्दामा
भन्दै थिए जित भयो ।
जसले हारेको छ, ऊ हुंकार छोड्छ
ऊ मान्छे मारेर पुरस्क्रित हुन चाहान्छ
अनि भन्छ ; ढल्यो ढल्यो
भन्छ, अझै पनि,
सुकेको ठुटामा पात पलाउँदैन

मलाई त अझै शङ्का लाग्छ
रुख सुकेको छैन
पात मात्र झरेको छ
पालुवा हाल्न सक्छ
बिऊ मासिएको छैन
रक्तबिज बन्न सक्छ, त्यसैले
रक्तबिजको रगतपिउने देबी जन्मन बाँकी छ ।

२०६४।९।१५ पचरुखी

Leave a Reply

Your email address will not be published. Required fields are marked *