एक
कहिल्यै उजागर नहुने भबिष्य रहेछौ तिमी
क्षितिज त बरु देखिन्छ अदृश्य रहेछौ तिमी
पगाल्न सके ढुङ्गा बरु बोल्छ रे साहिँली
अनुत्तरित अनुत्तरित रहश्य रहेछौ तिमी ।
दुई
भए छन् किन हाँसो खुशी बिरानो
यी आँखाहरू कहिल्यै भएनन् ओभानो
मबाट के गम्भीर भूल भएछ यस्तरी कि
तिमी खुकुरी बन्यौ र म बनें अचानो ।

गजल
कति होलान् तिम्रो ठिटो, जिन्दगीमा।
टालेछु म पनि त्यो लिटो जिन्दगीमा।
जिउनुनै जीवन हो पाईला चालौ संगै,
दुई दिने पलाको यो छोटो जिन्दगीमा।
प्रवल वान्छा थियो मेरो तिमीलाई पाउने,
संघर्षको अन्जाम होस् मीठो, जिम्दगीमा।
जन्मौ जम्म जिउ हामी खुसी बाडी अब,
नहोस हाम्रो कहिले नी तितो, जिन्दगीमा।