नभनौं अब मधेश पहाड
कोही छैनौं पराई
पुर्खाको नासो यो हाम्रो देश
हामी हौँ नेपाली
शिवको गाउँ कैलाश पर्वत
बुद्धको तराई
नगरौं अब जातीय युद्ध
रिसराग बढाई
जात र भातमा टुक्रन्छौँ भने
खोई त नेपाली
विकासको निम्ति जुटेनौं भने
हुँदैनौ नेपाली
नभनौ अब…
भृकुटी चेलीले उत्तर चीनमा
फिँजाइन सुगन्ध
अर्की चेली सीताले भारतमा
फिँजाइन नारीत्व
बुध्दको देश शान्तिको देश
यो हाम्रो नेपाल
स्वार्थको लडाइँ लडेर अब
समय नफाल
नभनौ अब…
