Skip to content

तीन मुक्तक (धर्मको अफिम)


धर्मको अफिम मान्छेहरूले सर्बत झैं पिएका छन्
जातीय युद्धले मान्छेहरू लुगा झैं च्यातिएका छन्
ए ! मानव अधिकारको नगरा बजाउने अभिनेताहरू
२१ सौं शताब्दीका मान्छेहरू कागती झैं च्यापिएका छन् ।

पानी पर्छ भनेको दिन झलमल्ल घाम लाग्छ
फलिफाप हुन्छ भनेको दिन दुर्दशाको लाम लाग्छ
यो कस्तो उल्टो भबिष्य वाणी हो ज्योतिष बाजे
तर चिन्ता छैन उल्ट्याएर बुझ्दा काम लाग्छ ।

नदी, नदी जस्तो छैन ढल बनेर बगिरहेछ
ईश्वर, ईश्वर जस्तो छैन भक्तलाई ठगिरहेछ
आफ्नो छायाँ देख्न नपाएर पानीमा
उज्यालोको मालिक सूर्य आफै भित्र जलिरहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *