नदी पल पल नया बनेर आफ्नो लक्ष्य बगिरहन्छ
समय पल पल नया बनेर आफ्नो अक्ष्य घुमिरहन्छ
परिवर्तन खोजिरहन्छन प्रकृतिका सम्बाहकहरू
तिम्रो बिचार नया बनाऊ समाज नया अवश्य बनिरहन्छ ।
नया पालुवा पलाउन पुरानो पात झर्ने पर्छ
बन जङ्गल हरियो बनाउन बुढो रुख ढल्नै पर्छ
लक्ष्यमा पुग्न सकिन्न उसै चुनौती नदी नतरेसम्म
देशको उन्नति चाहन्छौ भने जनताको शत्रु मर्ने पर्छ ।