Skip to content

तीन मुक्तक (तिर्खाएकाको लागि)


तिर्खाएकाको लागि पानीको धारा हुनु पो मान्छे
अनाथ बेसहाराको लागि सहारा हुनु पो मान्छे
अरुकै लागि बाँचेका हुन्छन कुकुर गधा पनि
गुण्डा आवराहरूको लागि खतरा हुनु पो मान्छे ।

नेता लुब्ध भएकैले सद्भावको सोपान सुकेको हो
विश्वासको राजनीति नपाएरै जनताले थुकेको हो
भैंसीको मासु चिउरामा अमूल्य भोट सुम्पेकोले
सुशासन कानून र पध्दति डरले लुकेको हो ।

धर्मको अफिम मान्छेहरूले सर्बत झैं पिएका छन्
जातीय युद्धले मान्छेहरू लुगा झैं च्यातिएका छन्
ए ! मानव अधिकारको नगरा बजाउने अभिनेताहरू
२१ सौं शताब्दीका मान्छेहरू कागती झैं च्यापिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *