चार मुक्तक (वाजले डाँफेको शिकार गर्छ)
वाजले डाँफेको शिकार गर्छ, सिंहले गाईको
श्रमिकले श्रमको पूजा गर्छ, बुद्धिजीवीले टाईको
पतित मान्छे सत्ता र सम्पति प्राप्तिका लागि
बंश बिनास गर्छ, आफ्नै दाजु र भाइको ।
मुसाहरू कानूनमा दुलो खनेर भ्रष्टाचारको जालो बुन्छन्
तल माथि भाग पुर्याएर सबलाई आफन्त तुल्याउँछन्
चमत्कारिक छ उनीहरूको कार्य शैली, महाशय
समुहको वफादारलाई निर्णायक तहमा पुर्याउँछन् ।
