अल्पबिराम पोखरेली
चार मुक्तक (ब्रम्हशक्ति ईलेक्ट्रोनमा)
ब्रम्हशक्ति ईलेक्ट्रोनमा निहित हुन्छ
बिष्णु शक्ति प्रोटोनमा निहित हुन्छ
पूजा होइन प्रेमको खाँचो छ प्रकृतिलाई
शिव शक्ति न्यूट्रोनमा निहित हुन्छ ।
जून तारामा प्रकृतिबाटै चाँदनीको घेरा जडिएको छ
प्रकृति कै शक्तिले हिमाल पहाड ठडिएको छ
तिमीले आजसम्म जसलाई ईश्वर मान्दै आयौ
त्यही ईश्वर ईलेक्ट्रोन, प्रोटोन र न्यूट्रोंनमा अडिएको छ ।
तीन मुक्तक (गोधुली साँझ ढल्किएपछि)
गोधुली साँझ ढल्किएपछि रात हुन्छ
अन्ध विश्वासमा बढी बिश्वास घात हुन्छ
छोरीमा अगाध हुन्छ आमाबाबुको श्रद्धा
छोरा पराई हुनुमा बुहारीको हात हुन्छ ।
कपडामा नैंनसुट जस्तो भलाद्मी कोरा हुदैन
हात्ती जस्तो शालीन र बुध्दिमान घोडा हुदैन
छोरी जन्म्यो भनेर चिन्ता नगर प्रिय
बाबुआमाको लागि छोरी जस्तो गुनी छोरा हुदैन ।
डाक्टरको सपना
भर्खरै एउटा बिरामीको अप्रेसन सकेर आफ्नो शारीरिक मानसिक थकाई मेट्न आराम गर्ने च्याम्बरमा के पसेको थिएँ त्यहाँ मैले एउटा मानव आकृतिलाई बसिरहेको पाएँ । च्याम्बर अँध्यारो अँध्यारो थियो । त्यसैले त्यो आकृतिलाई मैले झ्वाट्टै ठम्याउन सकिन । त्यहाँ त्यो आकृतिको उपस्थितिले मन मनै रिश पनि उठिरहेको थियो । तैपनि संयमित हुँदै बत्ती बालेर हेर्छु त बिघ्नहर्ता लम्बोदर गणेश पो हुनु हुँदो रहेछ । सम्पूर्ण थकाई तथा रिस जति हावामा कपुर जस्तै उडेर कता बिलायो बिलायो ।
मैले धनुषटंकार नमस्कार गर्दै भने, “हे भगवन आज मेरो कुटी पबित्र भयो, म धन्य भएँ । मेरो जन्म सार्थक भयो । आज्ञा बक्स्योस प्रभु ! यो सेवकले हजुरको के सेवा गरूँ ?”
दुई मुक्तक (तिम्रो हृदय फूल जस्तै)
तिम्रो हृदय फूल जस्तै कोमल छ कि ढुङ्गा जस्तै साह्रो छ
अहिले यसै भन्न सक्दिन म, भन्न अलि गाह्रो छ
तिमीले जस्तो टेन्सन दिदैंन बरु आनन्दै आनन्द दिन्छ
त्यसैले मलाई तिमी भन्दा यही मधु प्याला प्यारो छ ।
पत्रकारहरुले देखेको लेख्न कलम चल्छ
चित्रकारहरुले देखेको लेख्न कुची र रङ्ग चल्छ
मलाई भने तिम्रो नाइटोको खोपील्टो देख्नै हुन्न
किन हो किन न्वारानदेखिको जङ्ग चल्छ ।
चक्रब्युह
“औडाहा नगर न यार । ए दुर्योधन, एक ट्रिप्स ले न । मान्छेलाई यहाँ कस्तो छटपटी भइराख्या छ ।”
एकान्त स्थल । अपरान्हको समय । १३ देखि १७ वर्षका किशोर किशोरीहरू कोही स्म्याक्सको ट्रिप्स लगाइरहेका छन् । कोही स्म्याक्सको तालमा झुमिरहेका छन् । अभिमन्यु १४ वर्षे किशोर ट्रिप्स नपाएर छटपटाइरहेको छ । उसलाई ट्रिप्स दिन कोही मानिरहेको छैन । आँखाबाट आँसु र मुखबाट र्याल चुहाउँदै अभिमन्यु १७ वर्षे दुर्योधनसँग ट्रिप्सको लागि अनुनय बिनय गरिरहेको छ ।
जूनकिरीको तुजुक
“अक्षर ब्रह्माण्ड एक हौँ, धन्यवाद ।”
जूनले कविता वाचन गरिरहँदा स्तब्ध रहेको दर्शक श्रोता दिर्घा एकाएक ब्यूँझियो र तालीको गदगडाहटले गुन्जायमान भयो । मंचाभिमुख दर्शक श्रोताहरूमा बादल, हिमाल, पहाड, बोट वृक्ष, र पशुपन्छीहरूले मन फुकाएर ताली पिटेका थिए ।
केही बेरको गदगडाहट पछि दर्शकदीर्घा शान्त भएको अवशर छोपी जूनकिरी उठ्यो ।
दुई मुक्तक (केतकी फूलको पराग जस्तै)
केतकी फूलको पराग जस्तै देखिन्छ्यौ जब तिमी खुशाउँछ्यौ
प्रियाँगुल फूल जस्तै देखिन्छ्यौ जब तिमी शर्माउँछ्यौ
तिम्रो चरित्र बुझ्न दैवले पनि सक्दैन मान्छेको के कुरा
तीखो त्रिशुल जस्तै देखिन्छ्यौ जब तिमी रिसाउँछ्यौ ।
पन्चेको पालामा सर्वे सर्वा हुन्थे अञ्चलाधिशहरू
आज पर्यन्त न्यायका ब्यापारिरहे न्यायाधिशहरू
समबेदना र सहिष्णुताको रगतले होली खेलिरहे
भगवान र धर्मका ठेकेदार मठाधिश र पीठाधीशहरू ।
दुई मुक्तक (ठग्ने क्रममा)
ठग्ने क्रममा ईश्वरलाई पनि ठगेका छन्
पुग्ने क्रममा चार धाम पनि पुगेका छन्
हरिश्चन्द्रहरूकै लास कुल्चेर नव हरिश्चन्द्रहरू
जिन्दगीमा सफलताको सगरमाथा चढेका छन् ।
फेरि पनि नेपालीले नेपालीलाई मार्न नपरे हुन्थ्यो
सन्तानको लासमा आमाले आँसु झार्न नपरे हुन्थ्यो
शताव्दीयौं हारेर हजारौं सपुत गुमाई सकिन् आमाले
बल्ल तल्ल जितेको बाजी फेरि हार्न नपरे हुन्थ्यो ।
रहस्य (लघुकथा)
शक्तिसम्पन्न देशका बैज्ञानिक म्याकुरेले औषधी विज्ञानको गहन अनुसन्धानबाट एउटा अचम्मको क्याप्सुल निर्माण गरेपछि त्यसलाई गिनिपिग तथा बाँदरमा प्रयोग गरे, सफल पनि भए । त्यो प्रयोगबाट उसले बाञ्छित सफलता प्राप्त गरेका थिए । अँझै पूर्ण सफलता प्राप्त गर्न मानव प्रयोग बाँकी थियो । त्यसै विषयलाई लिएर महामहिम राष्ट्रपति र प्रधानमन्त्रीसँग बैज्ञानिक म्याकुरे सल्लाह गरिरहेका थिए ।
ठिक त्यही समयमा अल्पबिकशित देशका विभिन्न दलका नेताहरू त्यहाँ पुगे र अलख निरन्जन भन्दै सुनको थाली अगाडि सारे । त्यो सुनको थालीमा सुन्दर हिमशृंखलाहरू, ताल तलैया, नदीनाला र झरनाहरू र हरिया जङ्गल आदिको सुन्दर चित्र अङ्कित थियो । ती नेताहरूले बहुमूल्य सुनको सुन्दर थाली थापेर भिक्षा मागेको देखेर महामहिम राष्ट्रपति र प्रधानमन्त्री तथा बैज्ञानिक म्याकुरे समेत आश्चार्य चकित हुँदै एक आपसमा मुख हेरा हेर गर्न थाले ।
दुई मुक्तक (प्रेम यात्रामा कुनै अड्चन)
प्रेम यात्रामा कुनै अड्चन परेन भने के मजा भो
तिमीसँगको प्रेममा तड्पन भएन भने के मजा भो
जुन कुरा म आफैले बुझ्न सकिन त्यही बुझाउँदै छु प्रिय
तिमीलाई भेट्दा मुटुमा धड्कन बढेन भने के मजा भो ।
प्रेमको नगरी यो सुन्दर संसारमा ईर्ष्याको बिष नछर प्रिय
तिमी ममतामयी नारी हौ नारी नै बनिरहू नागिनको ईख नमर प्रिय
कुण्ठा र ग्लानिले यो सुक्सुकाउँदो रुप जवानी खरानी होला
तिमी धर्तीको जूनले आकासको जूनको रिस नगर प्रिय ।
राक्षसको कथा
हिजो आज मेरो पाँच वर्षको नाति मसँग सुत्न मन पराउन थालेको छ । मेरो नाति आफ्नो आमालाई मम्मी र मलाई आमा भनेर सम्बोधन गर्छ । छोरा बुहारी नाति भएर पनि मेरो श्रीमानको देहावसान पछि मलाई एक खालको एकाकीपनको खल्लो अनुभूति हुन थालेको थियो । नाति मसँग सुत्न थालेदेखि मैले पनि छुट्टै खालको आनन्दानुभूति गर्न थालेकी छु ।
मेरो नाति मसँग सुत्न थालेको धेरै भएको छैन । उसको बहिनी जन्मेको दुई महिना भयो । बहिनी जन्मेपछि उसलाई आफू सुत्ने कोठा गन्हाउन थाल्यो रे । ऊ जब मसँग सुत्न आउँछ त्यस पछि मैले ऊ ननिदाएसम्म कथा सुनाउनु पर्ने हुन्छ । उसलाई कथा नसुनेसम्म निद्रा लाग्दैन रे ।
मीठो भ्रम
एक दिन एउटा चंखे मुसा जमिनमा दुलो पार्दै जाँदा सुँगुरको खोरमा पुगेछ । त्यो खोरमा एउटी सुँगुर्नी आफ्ना पाठापाठीहरूलाई दूध ख्वाऊँदै थिई । सुँगुर्नीलाई देखेर चंखेले भन्यो ” सुँगुर्नी दिदी ! नमस्कार ! ”
“ए चंखे भाइ पो ! ल ल नमस्कार ! कताबाट बाटो बिराएर आइस त नि ?”
“यसो दिदीको हालचाल के छ बुझौँ भनेर नि दिदी ! आरामै हुनुहुन्छ ?”
- « Previous
- 1
- 2
- 3
- 4
- Next »