Skip to content

भुपेन्द्र (बिपिन)बि.सी.

बेकार कुरा गरिन्छ, अड्कल गरेर

बेकार कुरा गरिन्छ, अड्कल गरेर
फलाम बरु खरिन्छ, अड्कल गरेर

प्रमाण जुटाई बिन्ती गरिरेछ रामे
र पनि आँखा तरिन्छ, अड्कल गरेर

चढ्लान गाडी कोही, उड्लान जहाजमा

यति धेरै मेरा साथीहरूको माझमा
चढ्लान गाडी कोही, उड्लान जहाजमा

म यत्ति भविष्यवाणी, गर्न सक्छु मित्र,
छट्पटाउनेछौ भोलि, उसको यादमा

शान्ति पाइएन, बुद्धलाई भेटेर पनि

कथा लेखेर पनि, कविता लेखेर पनि
शान्ति पाइएन, बुद्धलाई भेटेर पनि

कस्तो आधुनिक मेशिन बनाका रहेछौ !
रक्ताम्य ताल भएछ, तोरी पेलेर पनि
शान्ति पाइएन, बुद्धलाई भेटेर पनि

मन्दिरबाट हिजो लखेटिनुभएको थियो

मन्दिरबाट हिजो लखेटिनुभएको थियो ।
र आज शौचालयमा भेटिनुभएको थियो ।

सबैको आँखीझ्यालबाट अस्ताउनुहुनेछ,
अस्ति अस्ति मनमा समेटिनुभएको थियो ।

उसले माया लुकाई, मैले देखाएँ

उसले माया लुकाई, मैले देखाएँ
दुई थोपा आँशु, तपतप खसाएँ

ढुङ्गा खोज्दा, मिल्छ कि देवता,
यो दिल फकाएँ, खोज्न पठाएँ

यो शहरमा साह्रै, हेपिदैछ ऊ

यो शहरमा साह्रै, हेपिदैछ ऊ ।
इमान्दारिता देखाएर, चेपिदैछ ऊ ।

आत्मनिर्भर बन्छु भन्दै शहर झरेको,
हरपल पैसासँग, नापिदै छ ऊ ।

नयाँ सालको शुभकामना !

नयाँ दिन, नयाँ सालको शुभकामना !
एकै छिन, नयाँ सालको शुभकामना !!

‘कामना छ, उत्तरोत्तर प्रगति हजुरको’ पाओस्
है मौलिन, नयाँ सालको शुभकामना !!

फर्की आयो

घुमाएर, डुलाएर पठाएँ, फर्किआयो ।
सम्झाएर, बुझाएर पठाएँ, फर्किआयो ।

नङ मासु झैं सम्बन्ध, उसको, मेरो
टुक्र्याएर, छुट्याएर पठाएँ, फर्किआयो ।

जिन्दगी के हो

जिन्दगी के हो जिन्दगी, भोग्नेलाई था होला ।
पढाई के हो किताब, घोग्नेलाई था होला ।

मुल्यको कुरा त सुनको बजारमा चल्छ !
तौल के हो केवल, जोख्नेलाई था होला ।

शहरको मान्छे

मेरो भाग्य फुटाउने, शहरको मान्छे
सारा सपना टुटाउने, शहरको मान्छे

कति दिन बाँच्लास, हेर्छु म पनि
ठगेर छाक जुटाउने, शहरको मान्छे

संगत गुणा फल पाईन्छ

प्यास तिर्खा सँगसँगै जल पाईन्छ ।
भनिन्छ संगत गुणा फल पाईन्छ ।

बलभन्दा बुद्धि ठुलो कसरी भो ?
बलमा बुद्धि बुद्धिमा बल पाईन्छ ।

बाटो छेक्दै थियो

संघर्षको बाटो छेक्दै थियो ।
तुलोमा ईज्जत जोख्दै थियो ।

सम्झाउँदै थिएँ यसो नगर
मानेन पैसामा बिक्दै थियो ।

कर्णाली पारिसम्म

महान चाड दशै तिहारमा नेपाली हिन्दु रीतिरिवाज अनुसार अफन्तजन इष्टमित्र र टाढा भएका परिवारका सदस्यहरू जम्मा हुने र मिट्ठामिट्ठा खानेकुरा खाने भेटधाट मार्फत सुख दुखका कुरा गर्ने विधिवत रुपमा नाचगान र टिका जमरा लगाउने आफुभन्दा ठुलाबाट अशिर्वाद लिने र सानालार्इ अशिर्वाद दिने अझै तिहारमा त झन देउसी भैलो जस्ता धार्मिक कार्य महत्वपुर्ण रुपमा हुने गर्दछन ।

my techno

नभई नहुने भो

घर धान्न जागीर नभई नहुने भो
माया पाउन तकदिर नभई नहुने भो
हृदयबाटै आफ्नो भएपछि पनि
सिन्दुरे रुप अबीर नभई नहुने भो

BhupendraBipinKC

रमाएर गइन

रमाएर गइन उनी रमाएर गइन
माया गर्छु भन्दै गाला समाएर गइन

म पनि त क कम हजुर माया गर्छु भन्दिए
मेरो यो कुरा सुनी लजाएर गइन

मेरो मनको टुक्रा

मनको टुक्रा हौ तिमी, मेरो मनको टुक्रा
तनको टुक्रा हौ तिमी, मेरो मनको टुक्रा

सानी थियौ माया गाँस्दा ठुली भैछौ आजकल
जोवनको टुक्रा हौ तिमी, मेरो मनको टुक्रा