Skip to content

शान्ति पाइएन, बुद्धलाई भेटेर पनि


कथा लेखेर पनि, कविता लेखेर पनि
शान्ति पाइएन, बुद्धलाई भेटेर पनि

कस्तो आधुनिक मेशिन बनाका रहेछौ !
रक्ताम्य ताल भएछ, तोरी पेलेर पनि
शान्ति पाइएन, बुद्धलाई भेटेर पनि

यो कलियुग नेपाली मन छैन कसैको,
हो साँच्चै नेपाली, आँगन टेकेर पनि
शान्ति पाइएन, बुद्धलाई भेटेर पनि

ए! मायाका जोडी अघाउँछौ र तिमीहरू
प्रियसीलाई, अँगालोमा बेरेर पनि
शान्ति पाइएन, बुद्धलाई भेटेर पनि

‘विपिन’ छट्पटाउँदै मुस्कुराइरहेछ
आँसी र बन्चरोको, चोट खेपेर पनि

कथा लेखेर पनि, कविता लेखेर पनि
शान्ति पाइएन, बुद्धलाई भेटेर पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *