भुलेको नि छैन सानु छोडेको नि छैन
बाचा अनि बन्धनहरू तोडेको नि छैन
हात दिन्छु साथ दिन्छु यो सास रहुन्जेल
झुक्कियर अन्तै साइनो जोडेको नि छैन
पर्खी बस्नु त्यै चौतारी आउनेछु फर्केर
विचार अनि बाटो मैले मोडेको नि छैन
जति भैयो टाढा टाढा उति माया गाढा
तिम्ले देको चिनो अँझै फोडेको नि छैन
जाल बुनी मायाको ओढ भन्ने भेटेपनि
आजसम्म कसैको जाल ओढेको नि छैन
कोहलपुर बाँके, भुपेन्द्र(बिपिन)बिसी विकासनगर
