Skip to content


गयौ तिमी तर्किएर
आउँदा आउँदै फर्किएर

मर्म बाध्यता कि रहर ?
बुझिनौ नि झर्किएर

बिझाउने टुक्रा बन्यौ !
सिसा सरी चर्किएर

अछुत छु चोखो पार
सुन पानी छर्किएर

ढाड दुख्यो, हात दुख्यो,
खुट्टा दुख्यो मर्किएर

जति देऊ धम्की धनको
डराउन्न म थर्किएर

Leave a Reply

Your email address will not be published. Required fields are marked *