मनको टुक्रा हौ तिमी, मेरो मनको टुक्रा
तनको टुक्रा हौ तिमी, मेरो मनको टुक्रा
सानी थियौ माया गाँस्दा ठुली भैछौ आजकल
जोवनको टुक्रा हौ तिमी, मेरो मनको टुक्रा
मेरो खुसी तिमी ईज्जत पनि तिमी
सम्मानको टुक्रा हौ तिमी, मेरो मनको टुक्रा
चोखो पिरतीको सिद्दान्त हौ अनि
विधानको टुक्रा हौ तिमी, मेरो मनको टुक्रा
यता जान्छु यतै उता जान्छु उतै तिमी
‘विपिन’को टुक्रा हौ तिमी, मेरो मनको टुक्रा
– कोहलपुर बाँके (हाल : नेपाल्गंज)
