संघर्षको बाटो छेक्दै थियो ।
तुलोमा ईज्जत जोख्दै थियो ।
सम्झाउँदै थिएँ यसो नगर
मानेन पैसामा बिक्दै थियो ।
बनावटी रोज्दै वास्तविक छोडी
अनेक सपना देख्दै थियो ।
समयमा जीवन बुझेन आफू
दुनियाको दोष भन्दै थियो ।
कसरी कुन्नि ? बदलिएछ आज
पश्चतापको कुरा बोल्दै थियो ।
-भुपेन्द्र (बिपिन) बिसी
बिकाशनगर, कोहलपुर बाँके
