Skip to content


जिन्दगी के हो जिन्दगी, भोग्नेलाई था होला ।
पढाई के हो किताब, घोग्नेलाई था होला ।

मुल्यको कुरा त सुनको बजारमा चल्छ !
तौल के हो केवल, जोख्नेलाई था होला ।

के ? ज्ञान छ हामीलाई पसिनाको बारे
पसिना के हो भारी, बोक्नेलाई था होला ।

प्रेममा बाचा, कसम सबैलाई थाहा हुन्छ,
धोका के हो बन्धन, तोड्नेलाई था होला ।

परेसान परेसान हैरान पार्दा मन,
दुखाई के हो माया प्रेम, छोड्ने था होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *