बच्नु मेरा दाजुभाइ बिगार्छन केटीले ।
पाए भने कार्टुन बनाई बिगार्छन केटीले ।
अति सिधा भयौं भने हामी केटा मान्छे
सोझोपनको फाईदा उठाई बिगार्छन केटीले ।
चट्ट परी हिड्न पनि डर मान्नुपर्छ अब
होइन भने मोहनी लगाई बिगार्छन केटीले ।
सपना पुरा गर्न भनी यात्रा तय हुन्छ हाम्रो
ख्याल गरौं बिचैमा आई बिगार्छन केटीले ।
गाई मरेको सिनोमा गिद्ध परेको झैं
धन देखे सबै रित्याई बिगार्छन केटीले ।
-भुपेन्द्र(बिपिन)बिसी
विकासनगर,कोहलपुर बाँके
