बेकार कुरा गरिन्छ, अड्कल गरेर
फलाम बरु खरिन्छ, अड्कल गरेर
प्रमाण जुटाई बिन्ती गरिरेछ रामे
र पनि आँखा तरिन्छ, अड्कल गरेर
छोरा छोरी पढाउने निर्णय भएपछि
आमाको सुन धरिन्छ, अड्कल गरेर
चढिएछ जसोतसो समयको उकाली
ओराली पक्का झरिन्छ, अड्कल गरेर
खडेरी लायो “बिपिन” खरानी हुनेहोला
लाग्दैछ अब मरिन्छ, अड्कल गरेर|
