Skip to content

मणि लोहनी

आदर्शवादी सोचका कमजोर कथाहरू

  • by

कृष्ण पहाडी मानवअधिकार र नागरिक समाजका अगुवा नेता हुन् । उनले नेपाली राजनीतिको रूपान्तरणमा पुर्‍याएको योगदान र समर्पणको सधैँ समाजले सम्मान पनि गर्नेछ ।

रातमा रातो बिकिनी

  • by

पानीमा तैरइिरहेको उनको गोरो शरीरमा आकर्षक रातो बिकिनी । त्यसो त हामी पनि पोखरीमा नै छौँ, आधा शरीर डुबाएर । उनी पोखरीको पेटीमा बस्छिन् र घुँडाभन्दा मुनिको भाग पानीमा डुबाउँछिन्  ।

स्पष्ट विचारका कविताहरू

  • by

कविता कसका लागि लेख्ने भन्ने अझै बहसको विषय नै बन्ने गरेको छ । त्यसो त कवितामा कलापक्ष ठूलो कि विचार पक्ष भन्ने विवाद पनि उस्तै छ । यी विवादहरूकै बीचमा कवि अतृप्त पाण्डेको कवितासङ्ग्रह ‘समयसित रुमाल छैन’ बजारमा आएको छ ।

गरिबी र अभावका कविताहरू

  • by

कवि गोकुल अधिकारी समसामयिक नेपाली कविताको क्षेत्रमा नयाँ नाम होइन । उनका कविताहरू निकै अघिदेखि पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् । भर्खरै उनको कविता कृति ‘अक्षरको घर’ प्रकाशनमा आएको छ । ‘अक्षरको घर’ संवेदनाको एउटा त्यस्तो संसार हो, जहाँ गरिबी र अभावमा बाँच्न बाध्य मानिसका पक्षमा वकालत गरिएको छ ।

ट्युमेनको किनारमा

‘ऊ त्यही हो उत्तरकोरिया । जहाँ हाम्रा मित्रहरू पक्राउ परेका थिए ।’ चीन र उत्तरकोरियाको सीमामा रहेको ट्युमेन नदीको बीचमा पुगेपछि लाराले भनिन् । लारा अमेरिकी नागरिक हुन् । लामो समयदेखि उनी एक अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थामा कार्यरत छिन् । अहिले उनको क्षेत्र यही हो । चीन र उत्तरकोरियाको सिमाना ।

थोरङला पासको ठिहिरोमा कविता

  • by

‘हामीलाई अक्सर डर देखाइरहने
यही हिउँ
यही पहिरो
र यही मर्स्याङ्दीमा सौन्दर्य देख्नुहुन्छ, तपाईंहरू
तर कहिल्यै देख्नुहुन्न
चिसोले सुन्निएका हाम्रा मन
र सुकेका हाम्रा आँखाहरू ।’

नादिया र परेवाहरू

‘उनी मलाई आत्मघाती बमवर्षक भएको देख्न चाहन्थे ।’ आफ्ना पतिका बारेमा उनले मलाई बताएको कुरा यही थियो । उनका पति अमेरिकी सेनाको सिकार बने । आफ्नो भूमिमा भएको अमेरिकी हस्तक्षेपको विरोधमा उनका पति अफरोज हुसेन लागेका थिए । अफरोजलाई के लाग्थ्यो भने देशभन्दा ठूलो केही पनि हुँदैन । प्रेम पनि हुँदैन । श्रीमती, परिवार र माया भन्ने कुरा देशभन्दा महान हुँदैन भन्नेमा ऊ विश्वस्त थियो । त्यही भएर उनी आफ्नी पत्नी नादियालाई शरीरभरि बम बेरेर अमेरिकी सैनिकको क्याम्पमा पठाउन चाहन्थे ।

देशका नाममा

  • by

आस्थाको सुकिलो देवताजस्तो जनताको आ“खामा
अड्याएर सपनाको भरेङ
त्रि्रै केही नागरिकहरूले
माटोको मोलतोल गरिरहेको
तिमीले सुन्यौ देश –