अब त हदै भयो
बहत्तर्को चर्कौ सबतिर भयो तीज अहिले ।
सधैं बन्दै बन्दा बहुत बनिए वाक्क पसले ।।
अमिल्दा राखी माग् अनुचित पथैमा हिडिरहे ।
कहाँ पूर्णै हुन्थे अरित तहका ती मत थिए ।।
१
कतै ढुंगा बर्षे स्वपथ हिडदा ती पथिकमा ।
गुडेका गाडी ती हुरुरुरु बलेका अधिकमा ।।
कतै जिम्दै आगो दनदन लगाए अधमले ।
सुतेका बच्चाको घरतक नछाडी सब जले ।।
२
