Skip to content

प्रचण्ड गर्मी भो जब


बांगो टिंगो हुदै फूल वनको शहरै भरी
फैलियो क्यातुके धेर, झ्याम्मियो अनि बेसरी

वनमारा सरी फैली, बगैंचा ढाकने भयो
थुगेफूल नरम् पार्दै, क्यातुके खुब हौसियो

आफ्नै रंग रँगाउने, तयारी पुष्पको थियो
तेसैले मच्चियो ढाक्न, नैतिकता सबै गयो

अबता खुस्कियो हावा, बेलुन रित्तियो जब
ब्यबस्थापनले आफ्नो, फेल भै झस्कियो अब

थुगेफुल हुने सम्झि, ल्याएर जगडा गरे
भस्मासुर बनी जम्मै, बगैंचा मासने परे

कृतघ्नी वनको काँढो, उपकार् किन गर्छ र !
तानाशाहा सरी हुन्छ, बिबेकी कति बन्छ र ?

ज्ञानेन्द्रिय सरी दौड्यो, अहंकारी फूलै थियो
आफैं रंग भरी उड्ने, भमरा पार्न संझियो

वनका फूलमा केशर्, नहुने मन माफिक
संझेर मधुनै निस्के, रसिलो फूल काँ छ र ?

सभ्य संस्कृतिको बाटा, छेकेर बलजफ्तिमा
रमाउने बनेको त्यो, के रम्छ देब थानमा ?

चहकी सूर्यको राप, प्रचण्ड गर्मी भो जब
बचेको पुष्प वैलायो, भमरा रमेनन् अब

घाम पानी मिली रुख, बढेर उच्च भो अब
भमरा घाम वा रुख, खोजेर भित्रिए सब

क्यातुके पूmल सर्लक्कै, बगैंचा छाँटियो जब
बचेका जति हा ! हल्ले, भमरा के रमुन् तब

बगैंचा घर हो साझा, निर्माण शुद्ध पार्नमा
एकल्काँटे नभै धेरै, माली छन् इतिहासमा

आपसमा सबै मिल्ने, आ–आफ्नै रङ्गरागमा
एकत्वमा खुबै रम्ने, बिकासे गति डेगमा

२०७०। ०८। १८
पद्म पौडेल
इनरुवा—९ बलाहा
हालः इटहरी– ६ बज्राहा
मो. नं. ९८४२३९४५७३
अनुष्टुप छन्द।

Leave a Reply

Your email address will not be published. Required fields are marked *