पिता हजुरको सेवा सन्तान्ले गर्नु पर्दछ
यो हाम्रो देह निर्माण्मा हजुरै बुझ्नुपर्दछ
सृष्टि दृष्टि पुगेकाले बिकाश पथमा गयौँ
शिक्षा दिक्षा भयो राम्रो सुशान्त कुलमा गयौँ
सन्तान्कै स्नेहमा हर्दम् दुःख दर्दादि बिर्सिए
सम्पत्ति पछिको सोच हाम्रैलागि त बिर्सिए
चीर ऋणि भयौ हामी पिताको देनमा निकै
पवित्र यो कुशे औँसी मान्दछौँ पितृपुजकै
कर्तब्यको गरीख्याल हामी दायित्व बुझ्दछौँ
त्यसैले पनि सम्झी यो बिशेष मान गर्दछौँ
के सक्छौँ दिन हामीले हजुरै निम्ति योग्यतः
तथापि अर्पणै गर्छोँ श्रद्धा र भक्ति मुख्यतः
माया र ममता पाई हुर्कियौँ सन्तती सब
सेवारत रही हामी अभाब टार्दछौँ अब
अवस्था बृद्धकै लागि उमेर्मा बचतै गरी
राखेको धनले मात्र पुग्दैन जीवनै भरी
त्यसैले नलिनु पीर पीरले रोग बड्दछ
सबै हामी नयाँ सोच राखेर चल्नुपर्दछ
नयाँ ढङ्ग नयाँ शैली फेशनै सबछन् नयाँ
नयाँको ख्याल राखेर जाने हो लोकमा नयाँ
पद्म पौडेल
इनरुवा —९ बलाहा, सुनसरी
मो. नं.–९८४२३९४५७३