Skip to content

तीजको बेला


आयो यो नजिकै छ जान परने, माता पिताका घर l
स्वामी हे ! अबता नयाँ हर चिजै, ल्याएर खान्छन् दर ll
भन्दैछन् महिला विचार पतिमा, पर्ने तयारी तिर l
माग्ने ती कतिले ऋणै पनि गरि, राम्रलुगा खातिर ll १

चाहिन्छन् गहना भनेर पतिका, पुग्छन् समिपै महा l
थोत्रा यी घरका भए अब लुगा, ल्याउँ खोजेरै नयाँ ll
छड्के एक नाभैदिदा समयमा, पोते हरायो कता ?
चाहिन्छन् अब टी नयाँ चिज सबै, राम्री हुने हुँ मता ll २

राता नै सब खोजनी तय गरी, सरी र चोली पनि l
माग्दै टी महिला बढे अघि निकै, स्वामीजिका ll
यै बेला रमिता हुने समय हो, साथी सँगी भटने l
खाई ती हिडने दरै पनि सबै, राम्रा बनि सोधने ll ३

लागे तिज बिशेष चाड नजिकै, आयो तयारी तिर l
नाच्गान् मै भर दिन् दिने मन गरे, छोरी बुहिरी घर ll
माईती घरमा पुगी दर सबै, खाने तिरै तम्सिने l
आफ्नो व़ा पतिको भएपनि निकै, धन्को न यादै हुने ll ४

थर्कियो घर ग्राम मन्दिर निकै, गुन्जेर गीतै ध्वनी l
यस्तै संस्कृतिको विकास बढदै, आयो बरै तीज नि ll
साथी ती सँगिनी मिलेर रमिता, गर्ने सबै तीजमा l
पोख्ने क्यै मनका कुरा सब सितै, भेटै हुने चाडमा ll ५

सारा देशभयो निकै चहकिलो, छोरी पुगे घर्घर l
नेपाली जतिको भयो समय यो तिजे बानो सागर ll
रातैले महिलामयै हुन गयो, नेपाल हाम्रो घर l
नाच्गान् मै अति मस्त भै अघि बढे, हट्ने अरे क्यै पिर ll ६

बिर्सिन्छन् घरका कुनै पिर भए, यो तीजको चाडले l
गीत् बाटै मनका कुरा पनि निकै, भन्छन् त्यहाँ मस्तले ll
बाँकी क्यै नरही बुझिन्छ सबका, तर्कादी जे जे थिए l
आपस्मा मनका कुरा भनि दिए, बुझ्ने सबैले भए ll ७

छन्द :- शर्दुलाबिक्रीडीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *