Skip to content

हेर्लान मुखै बाबुको


जुन् सन्तान बुझी सदा जतनले, माता पिता पाल्दछ
आशिर्वाद मिली खुबै उभयको, सन्तान फस्टाउँछ
खान्पान्को सुबिधा दिई समयमा, स्वास्थ्योपचारै गरी
पालन् पोषणले खुशी युगल भै, हेर्लान् बनी ती हरि

शिक्षित् भै तमको बिनास गरला, बाटो सफा देखला
पितृका बलले बिशाल बलियो, राम्रै कद म चालला
पुर्खाको इतिहासमा धवलता, थप्ने गरी कामले
ख्याती प्रप्त हुने सर्बस्व चहकी, पार्ने तिनै रत्नले

औंसीको दिन यो कुशे हुनगयो, मोती सरी चम्किलान्
कुशे ब्राह्मणले निकै कुश अँझै, देशै भरी भेटलान्
मोतीले जसरी दिए परिचयै, अचार्य भानुजिको
सन्तान्ले पनि पितृको कदरमा, हेर्लान् मुखै बाबुको

राखी किर्ति उदीय भै कुलमहाँ, उज्वल नक्षत्रै बनी
चम्केलान् ध्रुब झैं सदा क्षितिजमा, जम्लान् सुगन्धी बनी
ऐश्वर्यौ सब हो झुटा मयल त्यो, राखेर किर्ती मरुन्
देशोद्धार गरुन् नयाँ कदमले, अर्पेर जीवन् दिउन्

पद्म पौडेल, इटहरी – ६ बज्राहा, सुनसरी
२०७०। ५।१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *