पैसामा इष्ट बांगो कुमति हुनगए,जीबनै हुन्छ बांगो
साझामा काज बांगो वरपर झगडा, दीनमा दृष्टी बांगो
माग्नेमा भाव बांगो दिन मन नभए, हेयको मुष्ठी बांगो
वैरी बांगो कुरौटे वरपरबकने शान्तिमा क्रान्ती बांगो
वायूमा बन्ही बांगो कुशलनर बुझून् प्रेमको कैंची बांगो
बुढो बांगो रिसाहा घरभर नभए, भाँचिए लाठी बांगो
अर्काको डाह गर्ने अबुझ बलगरी, दान माग्ने छ बांगो
रात्रीको बास बांगो मलिन जन भलै, बुझ्न पर्दा छ बांगो
चन्दाको माग बांगो धनहिन बिचरा, श्रोतको खोज बांगो
नेताको बोल बांगो पटटट पटका, सुन्नु पर्दा नि बांगो
जोगीको भेष बांगो दिनभर डुलदै, माग्न खोज्ने छ बांगो
नारीको नेत्र बांगो झिसमिस नहुदै, हिड्नुपर्दा कु बांगो
हर्ताको सोच बांगो दलबल गरदै, जम्बुनीति नि बांगो
लुट्नेको बुद्धि बांगो लुटपुट अबला, बाँच्न केही छ बांगो
कामीको काम बांगो पररत रतिने, तुच्छको आश बांगो
काँचो बांगो छ गाम्भीर्य कविसित कुदने, हारकोसार बांगो
लोभीको कार्य बांगो चतुरनर भए, छल्न सक्ता नि बांगो
त्यान्द्राको अग्र बांगो कुश जड लहरो, फूलको पात बांगो
लेख्नेको लेख बांगो अतिशय वनदा, शत्रुमा मित्र बांगो
खानेको आँट बांगो घुसभुसलटको, चक्र चातुर्य बांगो
हात्तीको सुंड बांगो गजसित घुमने, तीरको शीर बांगो
कप्टीको केश बांगो कपट कलमको, न्याय बुझ्दा छ बांगो
बाँसैको शीर बांगो रनवन घुमने, बाघको पूच्छ बांगो
निर्धाको न्याय बांगो फजुल फिरती याचना गर्छ बांगो
पद्मपौडेल
इनरुवा -९ बलाहा
हाल :– इटहरी-६ बज्राहा
सुनसरी

टिप्पणी
सत्यसन्देशको राम्रै नक्कल भन्नु पर्ला तर भाव र मूल आशय के हो भन्न भने सकिन्न । छन्दमा लेख्न खोजेको प्रयास भने स्तुत्य ।