Skip to content

हिटलरै भए सबै


हिटलरी शैलिका हाम्रा, नेताजी अब नाङ्गिए
जागे जंगे सरी धेर, सर्बाङ्ग अँझ भै दिए

असत्यले सारै नास, नैतिकता सबै गुमे
किर्नाले जसरी छाड्छ, मरेको सिनु झैं हुने

के रह्यो इज्जतै उज्वल्, डोकाले छोपदा अब
कुरी कुरी भनी निस्के, स्वकीय पथका सब

चौथो भूल अरे जस्को, जन्ताको मत मानमा
निर्माण उनको संजाल्, धाँदली कुन अर्थमा ?

राष्ट्रको ढुकुटी सक्ने, एक्लौटी स्वर्थमा खुबै
हिटलरी शैलीमा चल्दा, हिटलरै ती भए सबै

(अनुष्टुप छन्द)
पद्म पौडेल
इनरुवा — ९ बलाहा
हालः इटहरी ६ बज्राहा
९८४२३९४५७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *