कति झुक्याउछौ यो दुनियालाई
कति तर्साउछौ यी दिलहरूलाई
एक दिन तिमी आफै झुकिनेछौ
अनि आफै तर्सिरहनेछौ
तिम्रो पापले तिमीलाई श्राप दिने छ
आफ्नो कुकर्मको फल भोग्नेछौ
अनि सम्झनेछौ ती दिनहरूलाई
जहाँ तिमीले धेरै गल्तीहरू गर्यौ
फेरि सम्झनेछौ ती पलहरूलाई
जहाँ हजारौ मनिसको बली चढायौ
शन्तिको नाममा भन्दै तिमीले
सयौ आमाहरूको काख उजाडयौ
ती आमाको आँशुका थोपाहरूले
पलपल पोलिरहने छ तिमीलाई
ती बिधुवा नारीका हृदयले
सरापिरहने छ तिमीलाई
ती टुहुरा बालबालिकाको भविष्यले
धिक्कारिरहने छ तिमीलाई
तिमी सच्याउन सक्ने छैनौ
तिमीले गरेक अनगिन्ती पापहरूलाई
पखाल्ने छैन कुनै बस्तुले
तिम्रो हातमा लागेको रगतलाई
त्यसैले अब छोडिदेऊ
तर्सौउन यो दुनियाँलाई ।
रन्जना न्यौपाने
चरिकोट,दोलखा
