हेर्न आऊ सरकार गाउँ गाउँमा, पानी चुहिने पाल छ
महंगीले आकाश छोयो, घरमा एक माना चामल छ
तिम्रो घरमा के को अभाव, भने जति सबै चिज छन्
दु:ख त हामी जनतालाई छ, हाम्रै घरमा बेहाल छ
रुदै छन् नानी बाबुहरू, लिएर भोको पेट आज
के हेरेर बसेको सरकार, एउटा यो सवाल छ ?
रित्तो रित्तो भो झुपडी, दरबारमा फालाफाल छ,
भोजमा रम्दै गर्जिन्छ सरकार, घरघरमा अनिकाल छ
हेमन्त को जाडो यो, लाग्छ नजिक हिमाल छ
हेर सरकार देश भित्र, हरेक घरमा बेहाल छ
रन्जना न्यौपाने
चरिकोट, दोलखा
