Skip to content

हाम्रो नेपालमा


हजारौ युवा बिदेशिएका छन्, कमाउन धन ।
राम्रो लागाई मिठो खाई, खुसी पार्न मन ।
आफ्नो मान्छे ठुलै ठाउँमा, भए पाइने जागिर
नभए त सधैं दु:ख, सधैं पर्छ पिर ।

अरु देशमा कामको सम्मान, यहाँ हेपिन्छ ।
ऊ ठुलो ऊ सानो भन्दै, कुरा काटिन्छ ।
थाहा छैन विकास यहाँ, कहिले भैदिन्छ
धनी-गरिबबीचको खाडल, कहिले मेटिन्छ ?

नेता देश हैन आफ्नै, बनाउछन् घर ।
गर्दैनन् काम जनताको लागि, छैन केही भर ।
संविधान किताबमै सीमित, लागु छैन कतै
बिकसित शहर, गाउँगाउँमा शिक्षा छैन अँझै ।

रुन्छिन् आमा, भोको पेट कतिन्जेल बाँचौ ।
लुकाई पीडा हृदयमा, कतिन्जेल हाँसौ ।
बाँड्दै खुशी बच्चासँग, अन्न एक एक गासमा
बाँचेकी छिन् उनी, देश परिवर्तन हुने आशमा ।

रन्जना न्यौपाने
चरीकोट, दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *