समय र बाध्यताले, लुटेको प्रेम थियो
मझधारमा अल्झिएर, छुटेको प्रेम थियो
म कता हराएछु, खोज्दा तिम्लाई आफैमा
चर्की मुटु ऐना सरी, फुटेको प्रेम थियो
न त मेरो गल्ती, न तिम्रो गल्ती यहाँ
कता कता विस्वास, टुटेको प्रेम थियो
धुजा धुजा भएर, छरिएका ती यादहरू
समेटेर कुनै केही, खुटेको प्रेम थियो
तैपनि आशलाई, जोगाई राखिरहदा
हुन्छौ कि दुई एक भनी, जुटेको प्रेम थियो
रन्जना न्यौपाने
चरिकोट, दोलखा

nice gazal madam mali pani sikai dinu na aast lakhana.
https://m.facebook.com/roshan.mishra.52035?ref_component=mbasic_home_header&ref_page=%2Fwap%2Fhome.php&refid=7