पैसासँग सबैको, प्यार हुन्छ यहाँ
कस्ता चाहिने त्यस्तै, यार हुन्छ यहाँ
दु:ख पर्दा तिमी, एक्लो एक्लो पर्छौ
सुखमा सबै तिम्रो, संसार हुन्छ यहाँ
तौलिन्छन् किन्छन् अनि, बेच्छन् प्रेम
के खोज्छौ त्यही, भन्सार हुन्छ यहाँ
तागत हेर यस्को, झुट पनि सत्य पार्छ
तिम्रो मनले चाहे, अन्सार हुन्छ यहाँ
के गर्दैछौ कता छौ, चासो सबैलाई
हेर त कमाल तिम्रो, इन्तजार हुन्छ यहाँ
रन्जना न्यौपाने
चरिकोट, दोलखा

कटुसत्य !
कटुसत्य !