Skip to content

मान्छे अचेल


पस्दा सियो निस्कदा,फाली बन्छ मान्छे अचेल ।
तिम्रो सानो गल्तीमा नि,ताली बन्छ मान्छे अचेल ।

नगर विश्वास कसैको,आफ्नो कोही छैन यहाँ
बहिर राम्रो भित्र भित्रै,जाली बन्छ मान्छे अचेल ।

जरै काट्छ,देखाउनलाई पानी हाले जस्तो गर्छ
सुन्दर फुल निमोठ्ने नै,माली बन्छ मान्छे अचेल ।

गर्छ मिठा मिठा बात,फसाउछ शब्द जालमा
लुट्छ सबै तैपनि,खाली बन्छ मान्छे अचेल ।

भन्छ म आफ्नै त हो नि,सहयोग के चाहिन्छ
खुशी सबै खोसी लाने,दलाली बन्छ मान्छे अचेल ।

रन्जना न्यौपाने
चरिकोट,दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *