कहिले हाँस्दै रोएँ, कहिले रुँदै हाँसे यहाँ
हरेक ती चुनौती सँग, भीड्दै बाँचे यहाँ
के के सुने सुने, गल्तीबिनाका खबर
बैरीलाई नै आफ्नो बनाई, नाता गाँसे यहाँ
सबैलाई आफ्नै ठानी, विश्वास गरी दिदा
सोचेनन् कतै राम्रो, म आफै फसेँ यहाँ
अनि थाहा पाए, मानिस कति स्वार्थी रहेछन्
ती हरेकका तस्बिर, दिलभित्र टाँसे यहाँ
रन्जना न्यौपाने
