Skip to content

होम सुवेदी

अब मलाई त्यही हड्ताल र चक्काजाम प्यारो लागेर आयो

उहाँ पुग्नेबित्तिकैको मलाई पहिलोपटक छोरीले दिएको दीक्षा थियो—“मुखमा थुक आयो भन्दैमा यहाँ जतापायो उतै र जहाँसुकै थुक्नुहुन्न, विचार पु¥याएर थुक्नुपर्छ । ठुलो आवाजले खोक्नुहुन्न । अलिक नियन्त्रण गरेर खोक्नुपर्छ, । यहाँ चिया पानी वा अन्य कुराहरु खाँदा वा प्युँदा स¥यार र स्याप्¥याक्क पार्नुहुन्न । त्यस्तो मान्छे बडो असभ्य मानिन्छ । ममले यस्ता कुराहरुमा विचार पु¥याउनुहोला ।”

यो विकृतिलाई अब के गर्ने ?

मेरा एक जना अति नै घनिष्ट मित्रले मलाई थाहै नदिई “लौ बस्नु बाइकको पछाडि” भनेर मलाई लिएर कतै जानुभो । दशैंका भेडाजस्तो लागें म उनका पछि । गन्तव्य कता थियो मलाई केही थाहा थिएन । तर उहाँले भनेपछि नमान्ने मैले कुरै आएन । खुरुखुरु उहाँको बाइकको पछि बसेर उहाँले जता लानुहुन्छ त्यतै गएँ ।

आधा घन्टाको यात्रापछि म पुर्याइएँ एक यस्ता घरमा जहाँ ठुलो भीडभाड थियो । ओहो म ता कुनै राजनीतिक चुनावको प्रसारमा कुनै नेताको घरमा पो आएँछु कि ? अथवा कसैलाई सम्मान गरिने कार्यक्रममा पो आएँ कि ? या कुनै साप्ताहिक पूराण लागेको ठाउँमा पो आएँ कि ?

धरापमा पर्न आँटेको बन्द, हड्ताल व्यवसाय

मैलै कतै जानु पर्दा अहिले निकै सजिलो भएको छ । कहाँ कुन पार्टीको हड्ताल छ, कहाँ कुन व्यवसायी, समाज, संगठन, मुक्तिमोर्चा आदि कसकसले कहिले चक्काजाम गर्दैछन् भनेर थाहा पाउने मेरो सजिलो साधन छ भद्रे भाइ । ऊसँग यस फेटको हडतालको क्यालेन्डर नै हुन्छ । ऊ मेरा छिमेकी पनि हो । मेरा मामा खसेकोले सखारै गाडी चढेर मलामा जानु पर्ने भएकाले र गाडी चल्ने नचल्ने बुझ्नलाई एकाबिहानै म भद्रे भाइकोमा गएँ । ऊ बिहानैदेखि राँकोका लागि तयारीमा रहेछ । ऊसँगै दुई जना भाइहरू पनि भाटा खुर्किरहेका रहेछन् ।

पितामा पनि केही हुन्छ

कसैको तुलना हुन्न आमाको ममतासँग
आमाको ममता जस्तै स्नेह हुन्छ पितासँग ।।

पिताको भूमिका केही नकार्ने जब देख्छु म
पिताको योग्यतामाथि सोचेर केही लेख्छु म ।।

आज किन जून पनि

आज किन जून पनि आकासबाट चुहुँदैछ
मेरो खोजी कहाँ हुनु उसकै अघि नुहुँदैछ ।।

कसैलाई जिन्दगानी रोमान्सको खेती भयो
मलाई भने जिन्दगी यो बैंस नआई कुहुँदैछ ।।

पानीको विकराल रूप

पानी जीवन हो भनेर कविता लेखिरहेको थिएँ
पानी भित्र अपार जीवनकला देखिरहेको थिएँ
पानीको कमनीय शीलत दिने त्यो रुप कस्ले हर्यो ?
पानीको विकराल रुप छ यहाँ के देख्नु मैले पर्यो !!

पर्खिएरै बसेकाे छु

पर्खिएरै बसेको छु कुनै दिन आउली
पर्खिंदाको व्यथा उसले पनि थाहा पाउली

कोही साथी सँगी आज कता हो हरायो
उसको याद मेरो मन भरि भरि आयो
कुनै दिन आई उसले मेरो गीत गाउली
पर्खिंदाको व्यथा उसले पनि थाहा पाउली ।।

आजको गजल (धेरै वर्ष देशैभरि)

धेरै वर्ष देशैभरि आतङ्कको राग थियो
आतङ्ककै कारणले रक्तरञ्जित वाग थियो ।।

छोराछोरी जङ्लमा पठाएर मार्नुभन्दा
बरु तातो खाडीतिरै पठाउने माग थियो ।।

मित्रप्रशंसा

थाेरै म लेख्न खाेज्छु केही डराइ डराई
मेरा अनन्य साथी राेहित हुन् पराइ ।।

उनका विशेषताकाे पहिचान गर्न खाेज्दा
भित्रै कता कता हाे जान्छु म ता हराई ।।

उत्कृष्टता छ उनमा रच्छन् कृति अनेकाैं
साेचेर पढ्नु हाेला अब्बल कुनै ठहराई ।।

तौलेर भाव हाल्छन् केराउँदै निफन्दै
लेख्छन् मिठास घाेली उनकाे छ हाइ हाइ ।।

थाेरै म लेख्न खाेज्छु केही डराइ डराई
मेरा अनन्य साथी राेहित हुन् पराइ ।।

पहाडले मलाई बोलाउँछन्

गरेर स्नानका क्रिया पवित्र गण्डकीनिर
पुगेर ज्ञानकुञ्जका कतै म झोपडीतिर
म काव्यको समाधिमा बसूँ मिठो सुधा पिई
जहाँ छ आर्यजातिको सुरम्य देव मन्दिर ।।१।।

नजानिंदा र स्वादिला विभिन्न भाव जन्मियून्
नयाँ नयाँ कथाहरू मभित्र फेरि पन्पियून्
जसै कथाहरू नयाँ मभित्र पन्पिँदा यहाँ
विभिन्न ज्ञानकुञ्जमा नयाँ विचार अन्मियून् ।।२।।

स्मृतिकाे पानाबाट – २

छन्द-चौतारीमा अघिल्लो बिहिबार दिउसो साढे एघारबजे मैले ‘स्मृतिका पानाबाट’ भन्ने संस्मरण लेखेको थिएँ । यसमा निकै राम्रा प्रतिक्रिया आए । समर्थन र प्रतिक्रिया दिनुहुने सबै मित्रहरुलाई हार्दिक धन्यवाद छ । मैले थाहै नपाएर पढेको ‘सचित्र ठूलो वर्णमाला’का लेखकको नाम मलाई मित्र निर्मोही व्यासज्यूले सुझाउनु भो । सारै खुसी छु । कवि नीलहरि शर्मा ढकाल र उनका छोरा एकदेव ढकाल हुँनुहुँदो रहेछ यस पुस्तकका लेखक । बल्ल थाहा भयो ।

एकै बेथाका दुई बिरामीहरु

जीवन नबुझी, जीवन नभोगी र जीवन नजानीकन जीवनको आधाभाग सकिएको बल्ल थाहा हुन थालेको थियो सवितालाई । अलिकति पछुतो पनि हुन थालेको थियो । कता कता उनको मनभित्रको सुकेको रुखमा चिउला नपलाइकन जीवन सकिएको अनुभव भइरहेको थियो ।

यस्तो अनुभवका साथ उनका भित्री हृदय शुष्क, निरस, कठोर र वेदनाशून्य भएको रहेछ भन्ने पनि बोध हुन थालेको थियो र उनले यसो आफ्नो विगततिर हेरिन् । वास्तवमा उनलाई जीवनको साँचो अर्थको जानकारी नै नभई जीवन यहाँसम्म आइपुगिएछ भन्ने लाग्यो ।

मुक्तकबारे केही जानकारी

धेरैतिर मुक्तकलाई विधा भनेको सुनिएको छ । प्रकारको अर्थमा विधा भनिएको भए सही नै मानिएला तर पनि साहित्यको प्रकारकै अर्थमा विधा भनिएको हो भने अलिक मिलेन । कविता निबन्ध आख्यान र नाटक मात्र साहित्यका विधा हुन् । यिनैका भेदोपभेद अरु विधाहरू हुन् । फुट्कर कविता खण्डकाव्य महाकाव्यहरू भनेका कविताका भेदहरू भएझैं मुक्तक भनेको कविताकै क्षेत्रको एक रुप हो वा कविताको प्रकार नै हो ।

लघुकथाका बारेमा अलिकति जानकारी

यसलाई साहित्यको पछिल्लो विकसित नयाँ रुप मानिन्छ । अनेक परिभाषाहरुबाट यसको परिभाषा गरिएको छ । यसबारे निकै शोधखोजहरू भएका छन् । निकै कार्यपत्र, निकै शोधपत्र र निकै शोधग्रन्थ पनि लेखिएका छन् ।

धेरैले धेरै प्रकारले आफ्नै शैली र चतुराइ वा शैली र विचारको कुशलतालाई उपयोग गरेर यसको सम्भव भएसम्मको यथार्थ चिनारी दिने काम गरेको देखिन्छ ।

स्मृतिका पानाबाट – १

२०२१ वा बाइस सालतिरको कुरा हो । हिंउदको बेलामा सेउले पाठशालामा गाउँका समकक्षीहरू पढ्न जान्थे, म भने घरमा पितामाताबाट यसअघि नै अक्षरहरू चिनी निकै माथिका कुराहरू पढलेख गर्ने भइसकेको थिएँ । रुद्री चण्डी र अरु अरु धार्मिक कुराहरू निकै पढिसकेको थिएँ ।

म यसरी घरमै पढेर अलिक माथिल्लो तहको भइसकेको भए पनि सबै साथीहरुले पढ्ने पाठशालामा जान नपाएकोमा दिक्क मान्दोरहेछु क्यारे । अरु अरु साथीहरुका हातमा चित्रसहितको ‘ठूलो वर्णमाला’ को किताब देखेर मलाई लोभ लाग्थ्यो । आमाले कसरी हो मलाई पनि सचित्र ठूलो वर्णमाला किनेर हो वा कसरी हो ल्याइदिनु भयो ।

हलेदो नकोट्याऊँ

अड्डाका कर्मचारीहरुको वनभोजका दिन । अफिसका सबैजसो कर्मचारीहरू बनभोजमा गएका । दिउसोभरिको खानपानमा तिनीहरू व्यस्त । कोको केकेमा व्यस्त भए थाहै भएन । धेरै साथीहरू यस्तोमा केकेमा व्यस्त हुन्छन् त्यो सबैलाई थाहा भएकै हुन्छ हलेदो जानेपछि के कोट्याउने ।

दिउसो भरि तिनीहरुमध्ये केहीको धन्दा भनेको तास र दारुतिर गयो । कसले बनाए, खुवाए, खाए, त्यो सब कुरा यो धेरैले केही थाहा पाएनन् । आखिर उनीहरू व्यस्त हुन्छन् त उनीहरुलाई के थाहा होस् ?

चिठी (कविता)

छोरा, अहिले अलिक शीतल भएको छ देशमा
सायद मेरो पिर थाहा पाएर नै होला
यो बेला न कुबेलामा पनि
बादलले अभिशेक गरेर पानी छर्कंदैछ
मान्छे धेरै अविश्वासी भएर होला सायद
आफ्नोबाट आफैं पर पर तर्कंदैछ ।
यसको उत्तर दिन कसैले सक्या हैन
नारानहिटी, दासढुङ्गा र भण्डारखालमा
अँझसम्म पनि प्रतिध्वनि थर्कंदै छ ।

अखिल नेपाल एकल खैरे दलको योजना

के छ बा हालचाल ? केही लेख्तै हुनुहुन्छ जस्तो छ नि ? मैले सोधें खैरे बूढालाई । अरुले पनि उनलाई खैरे भन्छन् म पनि उनलाई यसै भन्छु । कैलेकाहीं म उनका साथ जिस्कन्छु पनि । उनी बढो रउसे मान्छे छन् । उनलाई पैसाको कमी छैन, उनी पुराना जमिन्दार हुन् । उनको जमिनदारी अझै पनि कायमै… Read More »अखिल नेपाल एकल खैरे दलको योजना

मातृदेवो भवः

मातृदेवो भवः
होम सुवेदी
आमा प्रेम र स्नेहकी धरहरा यो प्राणकी प्राण हौ
आमा धर्ती वसुन्धरा जगतकै वा विश्वकै त्राण हौ
सृष्टि हौ स्थिति हौ तथा प्रलय हौ सुस्पर्श हौ घ्रांण हौ
आफ्ना सन्ततिका अनिष्टहरुमा जो रामकै वाण हौ ।।

तिम्रा जो पदचिन्हका पछि सधैं लागूँ कि लागूँ कि म
तिम्रो स्नेह कृपा र आसिक सधैं मागूँ कि मागूँ कि म
अन्यायीहरुमाथि वाण अहिल्यै दागूँ कि दागूँ कि म
धर्तीमा किन मातृशक्ति क्षय भो जागूँ कि जागूँ कि म ।।

माताबाट अनन्त अमृतहरु चाख्नै यहाँ पाइनँ
माताका चरणारबिन्दतलको धूलो कतै लाइनँ
तिम्रा स्वच्छ कला र कौशलहरुको ज्ञान नै पाइनँ
आमाका अधिकारपूर्ण रचना लेखी कतै गाइनँ ।।