अब मलाई त्यही हड्ताल र चक्काजाम प्यारो लागेर आयो
उहाँ पुग्नेबित्तिकैको मलाई पहिलोपटक छोरीले दिएको दीक्षा थियो—“मुखमा थुक आयो भन्दैमा यहाँ जतापायो उतै र जहाँसुकै थुक्नुहुन्न, विचार पु¥याएर थुक्नुपर्छ । ठुलो आवाजले खोक्नुहुन्न । अलिक नियन्त्रण गरेर खोक्नुपर्छ, । यहाँ चिया पानी वा अन्य कुराहरु खाँदा वा प्युँदा स¥यार र स्याप्¥याक्क पार्नुहुन्न । त्यस्तो मान्छे बडो असभ्य मानिन्छ । ममले यस्ता कुराहरुमा विचार पु¥याउनुहोला ।”

मेरा एक जना अति नै घनिष्ट मित्रले मलाई थाहै नदिई “लौ बस्नु बाइकको पछाडि” भनेर मलाई लिएर कतै जानुभो । दशैंका भेडाजस्तो लागें म उनका पछि । गन्तव्य कता थियो मलाई केही थाहा थिएन । तर उहाँले भनेपछि नमान्ने मैले कुरै आएन । खुरुखुरु उहाँको बाइकको पछि बसेर उहाँले जता लानुहुन्छ त्यतै गएँ ।