Skip to content

होम सुवेदी

पाक्यो काफल

पाक्याे काफल लेकमा तल फुले सारा बगै‌‌चाहरु
लाग्यो लालीगुराँस फुल्न अहिल्यै ढाकेर पाखाहरु
क्वैलीले स्वरमा र तानहरुमा तानेर खाकाहरु
थाले गाउन प्रेमका विरहका नाैलाख भाखाहरु ।।
हाम्रो स्वर्णिम झै‌‌ छ देश अरुमा दाँजेर दाँजिन्छ र
हाम्रो देश अखण्ड सोचहरुमा भाँचेर भाँचिन्छ र
हाम्रो छाती छ उर्बरा जति सुकै बाँझिन्न बाँझिन्न है
हाम्रो राष्ट्रियता कसैसित कतै दाँजिन्न दाँजिन्न है ।।

लेख र बेंसी धाउँदाधाउँदै

लेख र बेंसी धाउँदाधाउँदै गीत यो मैले गाएँ,
जवानी तनमा आउँदाआउँदै प्रीत यो मैले लाएँ
प्रीतको गीत आफैं लेखी आफैं गुन्गुनाएँ
लय हालीहाली मैले तिम्रै गीत गाएँ
… राजै तिम्रै गीत गाएँ ।

नारीसम्बन्धी मेरो पुरानाे काव्यबाट धारणा

सृष्टि संरचना गर्ने तिमी झैं अरु को छ र
नारी हौ तिमी हे नारी तिमी हौ प्रेमको घर ।।

पिएर आँसुका धारा तिमी जीवन बाँच्तछ्यौ
नखाई अरुकै लागि कनिकै पनि साँच्तछ्यौ ।।

वसन्तप्रतीक्षा

गुराँस लेख लेखमा फुलेर जग्माउँछ
चमेली फूल बारीमा फुलेर मग्मगाउँछ
चिबे चरी बिहान नै उठेर गाउँदैछ कि
त्यता कतै वसन्तको बहार आउँदैछ कि !

जसो तसो बिताइयो कडा कडा चिसा दिन
बडो ढिलो भयो यहाँ तिमी फिरेर आउन
घडी घडी पला पला गनेर पर्खियौ यहाँ
निकै ढिला भयौ तिमी गयौ कहाँ कहाँ ।।

मुना मुना र डालीमा तिमी चढेर आउनू
चराचुरुङ्गी झैं गरी गलो नयाँ खुलाउनू
नयाँ नयाँ उमङ्गका अनन्त गीत गाउनू
सुसाउँदै सुसाउँदै तुरुन्त फर्की आउनू ।।

रातको बतासमा सुवास एक

रातको बतासमा सुवास एक अल्झियो
तिम्रो सम्झना कतै गएर भित्र बल्झियो ।
रातको बतासमा……..

कसोकसो कता कता उनै उनै कुराहरू
बिथोल्न थाल्दछन् सधैं फिरेर सम्झनाहरू
परेलीबाट आँसुको मुहान नै छचल्कियो
तिम्रो सम्झना कतै गएर भित्र बल्झियो ।
रातको बतासमा……..

फजल

पसिना बाढी सरी बगाएर के पायाै तिम्ले
अाँसु झर्ना सरी चुहाएर के पायाै तिम्ले ।

तिमी बिना बाँच्नै सकिन्न भन्दै हि‌ड्थ्यौ कुनै दिन
झुटो कसम खायौ र कतै हरायौ के पायाै तिम्ले ।

परिवारका अघि एक गाँसपनि रामरी खान पाएनौ कुनै दिन
यही गाँसकाे लाेभमा सधै‌ मरुभूमिमा बिलायाै के पायाै तिम्ले ।

बर्मेलीबाको बेपारी धन्दा

“हैन सर, तपाईं पढेको मान्छे, के यो लिखा टिपाइ गरेको ? लु बेपार गरौं, बेकारमा यसरी लिखा टिपेर के उन्नति हुन्छ ?” बर्मेलीबाले मसँग यसै भनेका थिए आजभन्दा पैंतिस वर्ष अघि । त्यो बेला उनी भर्खरका थिए ।

“होइन, सर तपाईं ता पढेलेखेका मान्छे, अब केही कारोबार नगरी भएन, तपार्इँ नगर्ने भए पनि म ता बसेर हुन्न । म यो जागिरसागिरको कुरा सोचिरहन्न । के गरुँ ? लु केही सल्लाह दिनुपर्यो ।” त्यो बेला उनले अर्को एक दिन मसँग सल्लाह मागेका थिए ।

जीमूतदेखि मनोजसम्म महाकाव्यः एक चिनारी

१.लेखनको पृष्ठभूमि :
झापा जिल्लामा साहित्यको उन्नयनमा लेखनाथ पुस्तकालय र त्रिफला राष्ट्रिय पुस्तकालयको विशेष योगदान रहेको कुरा स्मरणीय छ । यी दुवै पुस्तकालयहरूमा नियमित जस्तो साहित्यिक कार्यक्रमहरू, कृतिकारको सम्मानका कार्यक्रमहरू, अनेक प्रतियोगिताहरू र कृतिविमोचनका कार्यक्रमहरू हुने गरेका छन् हुँदै आएका छन् । धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयका आफ्नै शैली र सोचमा कार्यक्रमहरू सञ्चालित भइरहेका छन् भने भद्रपुर नगरपालिका अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ पुस्तकालय चन्द्रगढीले आफ्नै शैली र सोचमा निरन्तर रुपमा साहित्यिक कार्यक्रम गर्दै आएको कुरा अब सबैतिर जानकारी भइसकेकै छ ।

प्रीतको हिसाब

प्रीतको हिसाब जोड्दा यति धेर छोडिएछ,
जति जोड्नु थ्यो परेको त्यति मात्र जोडिएछ ।

प्रीत उम्रियो भनेको मरुभूमिमा छरेंछु
म त लाभमा छु भन्थें तर हानीमा परेंछु ।

शुभकामना र बधाई

झापाबाट नेपाली कथाको परम्परामा नवराज घिमिरे (२०११) को नवप्रवेश भएको छ, उनको कण्ठश्री नामक प्रस्तुत कथाको सँगालो यस कुराको प्रमाण हो । सर्वप्रथम म उहाँलाई आगामी दिनमा पनि यस्तै नयाँ नयाँ कथाहरु लेख्तै जाने र जोहो गर्दै जाने काम जारी रहोस् भन्ने शुमकामना दिन चाहन्छु ।

गफाड्ताल महिमा

गफाडीहरुमा हामी विश्वमै अग्रगण्य छौं
गफै गर्न नजान्नेमा जति छौं ती नगण्य छौं ।।

खाना नै गफ हो हाम्रो नाना हो गफको कडी
खाना नाना र गानामा बितेका छन् पला घडी ।।

मोबायल एसएमएस काण्ड (पहिलो भाग)

केही वर्ष अघिसम्म पनि उनी टेलिभिजन, मोबायल, नेट आदिबाट छोरीछोरीलाई टाढै राख्नु पर्ने मान्यतामा थिए । तर आवश्यकताले उनलाई पनि च्यापेर ल्यायो । अनि छोराछोरी र आफूले समेत घरमा मोबालय, टेलिभिजन आदिको जोहो गर्नै पर्यो । अचेल ता उनले कतै कसैलाई उपदेश दिनु पर्दा वा भाषण गर्नु पर्ने भयो भने टेलिभिजनबाट र मोबायलबाट पुग्ने फाइदा, यी वस्तुबाट हुने मनोरञ्जन र ज्ञानवद्र्धन आदिको कुरा पनि गर्न पछि पर्दैनन् । उनी पनि चाहाड पर्वहरूमा मोबायलबाट आफ्ना साथीहरू, संस्थाहरू र इष्टमित्रहरूलाई छोटा सन्देश (एसएमएस) पठाउँछन् । उनकोमा पनि त्यस्ता सन्देशहरू आउने गर्दछन् । उनलाई रमाइलै लाग्ने गरेको छ । तर…

समानताका कुरा

मलाई लाग्छन् छुरा
जसै बज्छन् चुरा
यसै अतालिन्छु पुराका पुरा ।
यो पनि जिन्दगी नै हो
त्यो पनि जिन्दगी नै हो
फरक केही अवश्य छ
म बाहिर छु
उनी भित्र छिन् ।

लेखन जारी छ क्रमागत

जस्ले बेच्तछ देश आज सहजै उस्लाई यो के छ र ?
हाम्रो गाँस र बास सास छ त्यहाँ उस्को छ अन्तै घर
आमा बाबु र पुत्र बेच्छ जसले उस्लाई के हुन्छ र
त्यस्ता तुच्छ कृतघ्नबाट अहिले त्यो देश भो निर्भर ? ।।७६।।

अर्काकै इतिहास रच्न जहिल्यै हामी भयौं तत्पर
हामी भित्र अनन्त साहस डुब्यो बुझ्ने यहाँ को छ र ?
आफ्नो देश भनेर मात्र नहुने के गर्नु भोकै बसी
को बस्ला परिवारमा अबुझ भै भोको खरानी घसी ।।७७।।

पानी भित्र डुबेर फेरि सजिलै सक्ने कता पौरन ?
केही ठाउँ नपाउँदा जति गरौं सक्ने कता बौरन ?
हामी ठाउँ नपाई देश भरि नै गर्छौं त्यसै जम्जम
सक्छौं ठाउँ मिले तुरुन्त अहिल्यै आकासलाई छुन ।।७८।।

फेसबुक च्याटिङमा श्रृङ्कारकाण्ड (भाग एक)

केही दिनदेखि साथी उमेशको स्वभावमा केही तलमाथि देखिन थालेको छ । ऊ मेरो अन्तरङ् र घनिष्ट साथी । आजभोलि उसले मसँग पहिलेको भन्दा केही फरक व्यवहार गरेको जस्तो देखिन्छ । मन पेटका सारा कुरा खोतलखातल पारेर मसँग पोखिने उमेश किन यसरी अन्तर्मुखी भएको हो मलाई पो चिन्ता परेको छ । आज एक मौका मिलाएर उससँग गफगाफ गर्ने सुर कसेर मैले कलेजको फूलबारीमा गएर उसलाई एकान्त पार्ने काम गरें अनि उसको यो अन्तर्मुखी स्वभावको विकास र यसको आगमनका बारेमा जान्ने इच्छा गरें ।

भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसको भव्य कार्यक्रम

भँगेरे अक्षरमा
यही शीर्षक छ
भव्य सभाहल छ
पाँच तारे होटलको प्राङ्गणमा
भव्य कार्यक्रमको माझमा भव्य छलफल छ
सोफामा बसेकाहरूका माझमा कानेखुसीशैलीमा छलको फल छ ।
अर्थ, भूमि, सामान्य प्रशासनका मन्त्रीहरू
मुख्य सचिवहरू, सचिवहरू, सहसचिवहरू
उत्तिकै विशिष्ट आमन्त्रितहरूको बल छ ।

छोटो छ जिन्दगानी

छोटो छ जिन्दगानी
बाटो छ यो भिरालो
चढ्नु छ माथि माथि
बाटो छ त्यो उकालो ।
आऊ न आऊ आऊ
दौडेर शीघ्र आऊ
सुख्खा भएछ मेरो
यो जिन्दगी सजाऊ ।
सजाऊ सजाऊ
यो जिन्दगी सजाऊ ।।१।।

मुक्तक

दुइ मुक्तकः
बजारमा खुसीसँग खुसी साट्न पाए नि हुन्थ्याे
मायामा पलाएकाे ऐंजेरुलाई काट्न पाए नि हुन्थ्याे
टुट्ला भन्ने डरले अाच्छुअाच्छु भइरहेकाे छु
कहिल्यै नटुट्ने मायाकाे डाेरी बाट्न पाए नि हुन्थ्याे ।

हेराहेर गरी अाँखामा अाँखा मिलाउन पनि सकिन्न
हामी एकार्काका हाै‌ भनी विश्वास दिलाउन पनि ।सकिन्न
यसै कारणले हाेला मुटु पनि च्यातिएकाे छ
खै किन किन च्यातिएकाे मुटु सिलाउन पनि सकिन्न ।

लेखन जारी छ

छोरो छैन तथापि नाति छ यतै भन्ने थियो बाबुमा
त्यो ता झन् अज जन्ड पो हुन गयो आआेस् कता काबुमा
तेलै बल्दछ पानी हाली कहिल्यै दियो कता बल्दछ
सल्लाका रुखमा नसोच्नु कहिल्यै स्याउ कहाँ फल्दछ ।।५।।